थारु समुदाय; पछिल्लो पुस्ता र संस्कृति




  • भगतराम थारु

पछिल्लो समयमा थारु समुदायको संस्कृति झल्कने थारु नाचहरु हराउदै गईरहेका छन् । थारु जातिको बाहुल्यता रहेको बाके, बर्दिया, दाङ ,कैलाली र कञ्चनपुरमा बसोबास गर्ने आदिबासी जनजाती थारु समुदायको आफ्नो छुट्टै कला र सांस्कृतिक पहिचान छ । तर पछिल्लो समय नया पुस्ताको आधुनिकिकरणसंगै सामिप्य बढ्दै गएदेखि आफ्नो संस्कृतीको पहिचान दिलाउने थारु नृत्यहरु लोप हुदै गईरहेको थारु अगुवाहरु बताउछन् ।
थारु समुदायले आफुले मनाउने हरेक चार्ड पर्व , महोत्सव मेलामा विभिन्न खाले गीतहरु गाउने गर्दछन् । अघिपछि भन्दा दशैंको समयमा थारु समुदायले आफ्नो गाउँघरमा आफन्तहरु जम्मा भई थारु गीत गाउने र नाच्ने गर्दछन् । 
थारु समुदायका दगौरा थारु, देसउरी थारु, दगहा थारुले दशैमा आ आफ्नो भेषभुषा सजिएर आफ्नो पहिचान झल्कने नाच गान गरेर दशै मनाउने गर्दछन् । दशैंमा विषेश गरेर मोरहिया गाउने र मादल बजाउने (मृदग्या बजाउने) गरिन्छ । यसमा पुरुषले महिलाको वस्त्र , आभुषण पहिरेर नाच्ने गर्दछन् । जसमा मादल बजाउनेलाई मृदग्या भनिन्छ । 
विषेश गरी दशैमा फुलपातीको दिनदेखि सुरु गरी लगातार ३ दिन सम्म गाउने र नाच्ने गरीन्छ । फुलपातीको दिन ढिकरी पुज्ने चलन रहेको थारु समुदायमा रातभरी आफ्नो पहिरनमा सजिएर नाचगान गरिने थारु अगुवा बताउ“छन् । 
रातभरी नाचगान गरेर  विहान ३ वजेदेखि आफ्नो परम्परा अनुसार देउतामा राखेको मदिरा (भेडवक दारु) उठाएर खाने प्रचलन समेत छ । थारु समुदायले वर्ष भरी राखेको  देउतालाई पुजापाठ गर्ने र नयाँ राख्नको लागि गाउ“बाटै नाचगान सहित निस्कने गरिन्छ । नाचगान गर्दै नजिकै रहेको खोला वा नदिमा पुगी नुहाएर आफ्नो पुरानो देउतालाई सफा सुग्घर गरि नयाँ देउतालाई भित्राउने चलन थारु समुदायमा छ । 
त्यसरी नया“ देवता भित्राउ“दा घरबाट महिलाहरुले लगेको मिठोमिठो खानेकुरा सहभागि भएका हरुलाई बाडेर खान दिने गरिन्छ । खोला नजिकै नाचगान गरेर खानपीन गर्ने थारु समुदाय एक आपसमा दुखसुखका कुरा गर्ने र सोहि स्थानमा नाच्ने गर्दछन् ।
 केही समय त्यही ठाउ“मा नाचगान गरेर पुन गाउ“मा फर्केर घरघरमा नाचगान गर्ने चलन रहेको छ । दशै अर्थात टिकाको दिन पनि थारु समुदायले घरघरमा देउसी भैलो खेले जस्तो गरि टिका थाप्ने गर्दछन् । आफु भन्दा ठुलाका घरमा नाचगान गरेर टिका थाप्ने चलन समेत रहि आएको थारु अगुवाहरु बताउ“छन् ।
यस्तो प्रकारको नाच थारु समुदायमा दशौरा नाच, मघौटा नाच, डेवारी नाच, सखिया नाच, लठहवा नाच लगाएतका नाच समय अनुसार गाउ“ने गर्दछन् । तर पछिल्लो समय नयाँ पुस्ताले विर्सन थालेपछि थारु संस्कृती र पहिचान क्रमश हराउ“दै जान थालेको छ ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment