प्यारो मान्छे तिमीलाई जन्मदिनको शुभकामना

यो समय कती छिटो छिटो चल्छ है ? थाहै हुँदैन समय बितेर गएको । तिमी संग चिनजान भएको पनी आठ वर्ष पुग्न लागी सकेछ । अनी यो पुग नपुग आठ वर्षको यात्रा खै कसरी कसरी बिते थाहै भएन । मलाई यकिन याद त छैन कि तिमी संग पहिलो पटक कहाँ बोलेको थिएँ तर मलाई सम्झनामा भए सम्म विद्यालयमा रेडक्रसको पुर्नगठनबाट परिचय भएको थियो हाम्रो ।

त्यो परिचय त्यति मै सिमित रह्यो म अध्यक्ष, तिमी उपाध्यक्ष अनी अरु साथीहरु अरु अरु पदमा । चलि नै रह्यो यात्राहरु आफ्नै गतीमा, आफ्नै रफ्तारमा । जती जती समय अघि बढ्दै गए परिस्थितीहरु फरक हुँदै गए । हुन त पहिले पनि परिस्थितीहरु आफ्नो अनुकुल त कहाँ पो थिए र ? जब एस.एल.सी. परिक्षा नजिकिन थाल्यो टिउसन पढ्नको लागी भुरिगाउँ जानु पर्ने । घर देखी ४ किलोमिटरको दुरी । अहो निकै गाह्रो लाग्थ्यो त्यो चार किलोमिटरको यात्रा पनी, अझै त्यसमा पनी सदरमुकाम रोड भए पनी कच्ची बाटो, माघ–फाल्गुणको महिना त्यसै त धुलाम्मे सडक झनै हावाको वेग संग संगै उडिदिन्थे ति धुलोहरु पनी । घरबाट धुलाम्मे सडकको केहि दुरी (झण्डै २ किलोमिटर) पार गरे पछी भुरिगाउँ पुग्नका लागी दुई वटा बाटो छुट्टीन्थे एउटा बाटो त्यहि धुलाम्मे सडकको निरन्तरता थियो, अर्को केहि नयाँ धुलाम्मे सडक अनी त्यस पछीको २ किलोमिटरको पिचबाटो, अहो पिचबाटो भनी सके पछी कसलाई पो रहर लाग्दैनथ्यो होला हिँड्न ? केही क्षण पिचबाटो हिँड्न पाईने अपेक्षाले दुरी लामो परे पनी प्राय जसो म त्यहि बाटो हिँड्ने गर्थे । खासै साथीहरु पनी कोहि थिएनन बस एक्लो यात्रा हुन्थ्यो । आफ्नै सुरमा ।
अहँ कुनै बेचैनी थिएन पहिले त्यही बाटो हिँडी रहँदा तर जब तिम्रो घर यहिँ पर्छ भन्ने थाहा भयो अनी हुन थाल्यो छुट्टै अनुभव त्यहि बाटो हिँड्दा । ...र त म आफु, आफै भन्दा केही बेसी लाग्न थाल्यो ।
टिउसन गयो पढ्यो फर्कियो, दैनिकी यहि हुन्थ्यो । मलाई ति विगतका क्षणहरु त्यति स्पष्ट सम्झना छैन कि कहिले हो म दिन भन्न सक्दिन । तर टिउसन जाने आउने देैनिकी कार्य कै बिच कुनै दिन तिमीलाई त्यही बाटोमा फेरी देखेको हुँ । सायद त्यो बाटोमा पहिले पनी देखेको थिएँ होला तिमीलाई, तर नचिन्दा सम्म यहाँ कसले कसको पो मतलब राख्छ र ? र फेरी अर्को पटकको देखाई पछी थाहा भयो कि त्यो बाटो जुन बाटो म एकै छिन भए पनी पिचमा हिड्ने अपेक्षाले हिँड्ने गर्थे तिम्रो घरको अगाडी बाटै जाने रहेछ र कैयौँ पटक म तिम्रो समिप बाटै गएको रहेछु । अहँ कुनै बेचैनी थिएन पहिले त्यही बाटो हिँडी रहँदा तर जब तिम्रो घर यहिँ पर्छ भन्ने थाहा भयो अनी हुन थाल्यो छुट्टै अनुभव त्यहि बाटो हिँड्दा । तिमीलाई देख्न लालच गर्न थाले आँखाले पनी, साविक भन्दा अलि बेसी धड्किदिन थाल्यो धड्कन पनी त्यो बाटो हिँडी रहँदा, मस्तिष्कले पनी केही फरक सोँच्न थाल्यो, मनले केहि अनुभव गर्न थाल्यो र त म आफु, आफै भन्दा केही बेसी लाग्न थाल्यो । खै के के हो के के सोँच्छ यो मनले पनी ।

SSSS

दिनहरु वित्दै गए, परिस्थितीहरु फरक बन्दै गए । एस.एल.सी. परिक्षा पनी सकियो, र सकियो एउटा अवस्था । त्यो बेलाको उमेर पनी त त्यस्तै थियो । परिक्षा सकिए संगै म कहिँ कतै गएँ । हरेक पलमा तिमीलाई देख्न चाहनु आर्कषण थियो जुन आकर्षण सकियो त्यो दुरीले । म आफ्नै यात्रामा तिमी तिम्रै यात्रामा । समय अघि बढि रहेको थियो तिम्रो पनी एस.एल.सी. सकिएछ । केही समय पछी खबर आयो तिमी नेपालगञ्ज पढ्न थाल्यौ । यसै बिचमा हामी फेसबुकमा जोडिएका थियौ । कहिले काहीँको बोलचाल बाहेक खासै केही हुँदैन थियो । म अझै पनी सम्झिन्छु त्यो दिन जती बेला आफ्नै आफ्नै यात्रामा हिँडेको केही समय पछी नेपालगञ्ज हस्पिटल रोडमा देखेको थिएँ तिमीलाई । म पढ्ने क्याम्पस क्षेत्रिय रंगशाला नजिक थियो (नेपालगञ्ज टेक्निकल कलेज) अनी तिमी पढ्ने त खै थाहा नै कहाँ थियो र ? देखियो फेरी आफ्नै दिनचर्यामा हिँडियो, केहि त्यस्तो थिएन । केही समय पछी फेरी बागेश्वरी मन्दिर नजिक देखियौ तिमी, मनमा केही हलचल भयो । आफ्नै गाउँठाउँको त्यो पनी एउटै समूहमा रहेर काम गरेका हामी केही आत्मीय अनुभव भयो । बजार जाँदा आउँदा फेरी फेरी पनी देखि रहने आश हुन थाल्यो । तर हुन्छ कहाँ त्यस्तो, जस्तो हामी सोँच्छौं ।

एक, दुई हुँदै महिनौँ बिते तर फेरी त्यसै गरी नेपालगञ्जमा देखिन तिमीलाई । साप्ताहिक बिदामा घर आउन टाढा पर्ने हुँदा दिदीको घर खजुरा जाने आउने हुन्थ्यो । त्यसै क्रममा फेरी एक पटक देखियौ तिमी खजुरा रोडको कुनै घरको बार्दलीमा । त्यसको केही समय पछि थाहा भयो नेपालगञ्ज फुपुको घरमा बसेर पढ्दै रहिछौ तिमी र मैले अर्को पटक तिमीलाई देखेको घर÷स्थान तिम्रो फुपुको घर रहेछ ।

यो समयमा तिमी संग सामाजिक संजालमा कहिले काहीँ कुराकानी हुन थालेको थियो । कुनै दिन तिमीले फेसबुकमा आई.डी. प्रमाणीत गर्नका लागी मोबाईल नम्बर हालेकी थियौ निकै थोरै समय मात्र लगत्तै नदेखिने बनाएर । एउटा संयोग भनौँ, त्यही बेला नै हो मैले तिम्रो मोबाईल नम्बर पाएको र त्यस पछिका केही समय (झण्डै एक वर्ष) हरेक दिन जसो कुराकानी हुन्थ्यो, हरेक क्षण सन्देश आदान प्रदान हुन्थ्यो, प्रगाढ आत्मियता बढेको थियो । समय बिती रह्यो । भौगोलिक रुपमा केही दुरी भए पनी हामी बिचमा, मनको दुरीमा भने निकै नजिक थियौँ हामी ।
*****
यात्रामा कोही एक्लो हुँदैन, केहि समयका लागी कोही भेटिन्छ अनी अली पर पुगे पछी छुटिन्छ, यस्तै भइ रहन्छ । भेटिएका सबै संग बोल्नै पर्छ र बोलिन्छ भन्ने पनी छैन तर कोहि हुन्छन जस संग थाहै नपाएर मन साट्न पुगिंदो रहेछ ।
जिन्दगी भोग्दै गर्दा, जिन्दगी जिउँदै गर्दा अनुभवहरु अनेकन हुँदै जान्छन । यात्रा बिच गोरेटोहरुमा थुप्रै यात्रीहरु भेटि“दै जान्छन र छुट्टिँदै जान्छन । सुनेको थिएँ यात्रामा कोही एक्लो हुँदैन भनेर र हो पनी यात्रामा कोही एक्लो हुँदैन, केहि समयका लागी कोही भेटिन्छ अनी अली पर पुगे पछी छुटिन्छ, यस्तै भइ रहन्छ । भेटिएका सबै संग बोल्नै पर्छ र बोलिन्छ भन्ने पनी छैन तर कोहि हुन्छन जस संग थाहै नपाएर मन साट्न पुगिंदो रहेछ । हो यस्तै केहि भएको छ मेरो यात्रामा पनी ।

यो दोबाटोहरु कहिल्यै एक आपसमा मिलन हुन सक्दैनन् र सक्दैनन कोहि कसैलाई मिलाउन पनी । हुन त यो गोरटो अनी चौताराहरुको के दोष ? कोहि भेटिनु र छुट्टिनु संग । म पनी के के हो के के भनी रहेछु । यो समय अनी यो परिवेश र यो मनलाई कसैले आफ्नो अनुकुल चलाउन नसक्ने रहेछन । मैले पनी यो मनलाई आफ्नो अनुकुल चलाउन सकिन र त लेखी रहेको छु मनको संवेगहरु ।
समय संगै यात्रा गर्न सिक्नु पर्दो रहेछ । समयले हामीलाई पर्खने होईन हामी समय संगै अगाडी बढ्नु पर्ने रहेछ । यहि बिचमा कैयौ दिनहरु यस्ता पनी आए जहाँ हामी पूर्णतः बेखबर जस्तै रह्यौ एक अर्काबाट । नबोलेरै विताईए धेरै दिनहरु, न कुनै फोन, न कुनै सन्देश, सामाजिक सञ्जाल सब्बै सबै बाट बेखबर भई रह्यौ ।

निकै शंकालु मान्छे म र घमण्डी पनी (यस्तै सोँच्दिहौ तिमीले मलाई) । सायद त्यही बानीले गर्दा नै आज हामी एक अर्काबाट निकै टाढा भएका छौँ यो समयमा । म त आफ्नै मर्जीको मान्छे । जता जता खुशी लाग्यो उतै उतै हिँडिदिने । थिएन त्यस्तो पुग्नै पर्ने गन्तब्य, र राखेको छैन अझै त्यस्तो गन्तब्य पनी । जसरी यो समय चलि रहेको छ त्यसै गरी म पनी चलि रहेको छु । हो यती की म मेरो खुशीको लागी मात्र नभएर अरुको खुशीको लागी पनी यात्रा गरि रहेको छु । कहिले आमाबुवाको लागी, कहिले साथीहरुको लागी, कहिले यो समाजको लागी, र अहिले यो मनले आफ्नो सोँचेको तिम्रो लागी । आखीर यात्रा नै त रहेछ नी जिन्दगी पनी ।
sssssss

यो मन पनी अनेक सोँची रहन्छ । थाहा छ तिमी मेरी होईनौ । तिमी त अर्कैकी मान्छे । तिमी त आफ्नै दुनीयाँ, आफ्नै संसार, आफ्नै परिवेशमा रमाई रहेकी मान्छे । अनी म, म पनी त आफ्नै दुनीयाँ, आफ्नै संसार, आफ्नै परिवेशमा रमाई रहेको मान्छे । तिमी तिम्रो मान्छेलाई सम्झिएर तिम्रो मान्छे संगै रमाई रहेकी अनी म मैले आफ्नै सोँचेकी तिम्रो सम्झनामा रमाई रहेको मान्छे । जसरी सम्झिन्छु भनेर सम्झिन सकिन्छ, कहाँ सकिँदो रहेछ र प्यारो मान्छे विर्सिन्छु भनेर विर्सन ।
*****
हो म दोस्रो तरिकाबाट सम्बन्ध सकिएको/सकाएको मान्छे । मेरो कारणले तिमीलाई त्यस्तो कुनै पनी समस्याहरु नआओस हरेक समयमा यहि चाहने मान्छे । 
सम्बन्धहरु भनेको निकै नाजुक हुँदा रहेछन । कती खेर कसरी छुट्छ थाहै ह्ुँदैन । पहिलो बोल्न छोड्छ, दोस्रोले बोलाउन छोड्छ कारण पहिलोलाई समस्या नहोस भनेर । केही सम्बन्धहरु यसै सकिन्छन । कहीँ पहिलो बोली रहेको हुन्छ तर दोस्रो बिस्तारै टाढिई दिन्छ । कारण पहिलोलाई समस्या नहोस भनेर । र सम्बन्धहरु सकिन्छन । आखिर दुवै अवस्थामा सम्बन्ध सकिनुको कारण एउटै हो पहिलोलाई समस्या नहोस । तर अवस्था केही फरक छ, हो म दोस्रो तरिकाबाट सम्बन्ध सकिएको/सकाएको मान्छे । मेरो कारणले तिमीलाई त्यस्तो कुनै पनी समस्याहरु नआओस हरेक समयमा यहि चाहने मान्छे । यहि कारणले म तिमीबाट टाढिएको हुँ विस्तारै विस्तारै । निकै सकस परि रह्यो सुरुवाती दिनहरुमा । केहि पनी कुरा भुल्छु भनेर भुल्न कहाँ सजिलो हुँदो रहेछ र ? त्यसमा पनी तिमी त मनको मान्छे पो त ।

भुल्छु भनेर भुल्न खोज्नु भनेको झनै बेसी सम्झिनु रहेछ । हरेक समयमा तिमी नै याद आई रहने । अफिस गयो तिमी याद आउने, रेडियो स्टेसन गयो तिमी याद आउने, कतै साथीहरु संग गयो संगै तिमी भएको भए जस्तो लागी रहने । केही महिना त यसै गरी बितेका हुन मेरा । यती भनि रहँदा तिमीले यो सोँच्ने भुल कदापी नगर्नु की अहिले भने याद आउँदैनौ तिमी, की बिर्सी सकेँ तिमीलाई, अहँ होईन त्यस्तो हुँदै होईन । हरेक पल नियाली रहेको हुन्छु । अझै बेसी सम्झना बनेर आईदिन्छ्यौ हरेक क्षणमा तिमी ।

जिवन यात्रा हो । हामी यात्री हौँ, हिँड्दै गर्दा यात्रामा उकाली ओरालीहरु आउँछन, भञ्ज्याङ चौतारीहरु आउँछन । उकाली संगै उक्लीनु पर्छ, ओराली संगै ओर्लिनु पर्छ । यो त यात्राले बिना कुनै बिकल्प अघि सारेको चुनौती हो । जसलाई चुपचाप स्विकार्नु पर्ने बाध्यता सबैलाई हुन्छ । हो त्यस्तै बाध्यता आयो हामी बिचमा पनी, जसको कुनै बिकल्प नै थिएन ।

यात्रा अघि बढि रहँदा दोबाटो अनी चौबाटोहरुले संगै हिँडी रहेका यात्रीहरुलाई अलग गराई दिन्छ । दोबाटोमा छुट्टीएका कोहि कहिँ कतै भेटिन्छन त कोही उसै गरी चौबाटोमा नभेटिन पनी सक्छन । अज्ञात पीडाहरुको भारी बोकेर हिँडि रहेको मान्छे म । निकै पर पुगी सकेको छु । एउटा आफ्नै एक्लोपनको साम्राज्य खडा गर्ने सपना बोकेर । जहाँ म हुँ, मेरा सपना हुन, अनी होस केवल तिम्रा सम्झनाहरु मात्र र सम्पूर्णरुपमा तिमीलाई सम्झिन सकुँ ।

अज्ञात पीडाहरुको भारी बोकेर हिँडि रहेको मान्छे म । निकै पर पुगी सकेको छु । एउटा आफ्नै एक्लोपनको साम्राज्य खडा गर्ने सपना बोकेर ।  

आखिर जिन्दगी भनेको सपना अनी सम्झनाहरुको संग्रह त रहेछ । जहा“ हजारौं अपुरा चाहनाहरु, अनी पुराना यादहरु जम्मा भएर बस्दा रहेछन । मैले पनी संगालेको छु निकै यादहरु अनी सम्झनाहरु । त्यती मात्र पनी होईन, मैले संगालेको छु यहि जिन्दगी नामको संग्रहमा निकै धेरै माया, तिम्रो लागी अनी संगालेको छु सुन्दर सपनाहरु आफ्नै लागी पनी ।

ssssss
*****
कसैले भन्थ्यो एउटा केटा र केटी स“धै असल साथी मात्र रहि रहन सक्दैनन, सम्बन्ध अघि बढि रहँदा अनीहरु बिचमा प्रेम नामको टुसा पलाउन थाल्छ अनी राख्छ कोही एउटाले प्रेम प्रस्ताव । जरुरी छैन कि सबैे प्रस्तावहरु स्विकार्य हुन्छन । केही सम्बन्धहरु यसै बिचमा सकिन्छन । केहि सम्बन्धहरुले यसै बिचमा नया“ मोड लिन्छन, अनी कुनै सम्बन्धहरु रहन्छन दोधारमा अलपत्र परेर, जसरी बाटो बिराएका यात्रीहरु रुमल्लिन्छन बाटोमा, जसरी गुँड बिर्सिएको चरी उडि रहन्छ यत्रतत्र ।
यस्तै केहि भयो हाम्रो सम्बन्धमा पनी । कसैले भनेको त्यहि कुरा लागु भयो हामीमा पनी । जब राखियो प्रस्ताब प्रेमको… कुनै एकले चाहेको त्यो नयाँ सम्बन्धको सुरुवात स्विकार्य  हुन सकेन दुवैमा र सुरु नहुँदै सकियो त्यो नया“ सम्बन्ध । अलपत्र पर्यो त्यो पुरानो सम्बन्ध, मित्रताको सम्बन्ध । र दोधारमा नै रहि रह्यो ।
म त आफ्नै गतिमा अघि बढि रहको थिएँ । थिएन त्यस्तो कुनै पुग्नै पर्ने गन्तब्य, थिएन हासिल गर्नै पर्ने सफलता पनी । तर पनी थियो एउटा चाहना, थियो अधुरै सपना, थियौ तिमी जसलाई मैलै सजाएर राखेको थिएँ, आफ्नो मानसपटलमा । सम्बन्ध अलपत्र परे पछी धेरै आरोह अबरोहहरु आए, र पनी चलि नै रह्यो यात्रा । तिम्रो साथ बिना, तिम्रो सामिप्यता बिना म रमाउने प्रयास गरि रहे“ । तर कहा“ त्यती सजिलो हुँदो रहेछ र कसैको यादमा रमाई रहन ? यहि समयमा आभाष भयो कति फरक हु“दो रहेछ, की कोही हुनु र नहुनुमा ।

यो माया प्रेम भन्ने कुरा आफुलाई परे पछी मात्र थाहा हुन्छ भन्थे, हो रहेछ । जब पर्यो आफैलाई सहि नसक्नु भो । याद दिए जस्तो कहाँ सजिलो रहेछ र साथ दिनलाई । मुस्कुराएर बिरोध गर्ने तिम्रो बानी रहेछ, म भने त्यसैलाई प्रेम सम्झि रहेँ । म सम्पूर्ण रुपमा तिम्रो सम्झनामा रमाई रहँदा तिमी भने अरु नै कसै संग रमाई रहेकी रहिछ्यौ । जब थाहा भयो तिमी मेरो सपनाको संसारबाट टाढा बन्दै छ्यौ, म आफ्नै सपनाको धरातलबाट भाँसिदै गएँ । मेरो सपनाको साम्राज्य ढल्यो त्यसै समयमा । म एक्लीएँ आफैबाट, म टाढिन चाहेँ आफैले सजाएका सपनाहरुबाट । तर यती सजिलो पनी कहाँ हुँदो रहेछ र ? सपना सजाए जस्तो त्यहि सपनाहरुबाट टाढिन ।

जबजब तिमी र तिम्रो यादहरु बाट म केही टाढा जान खोज्थें, झनझन तिम्रो यादहरुमा म निथ्रुक्कै संग भिज्थें । सजिलो भएन बिर्सिएर बस्न जति सजिलो तिम्रो कल्पनामा रमाउन थियो । र पनी रमाए जस्तो गरि रहें जसोतसो तिम्रो अनुपस्थिती मै, तिम्रो आधार बिना नै । निकै सकसका साथ, निक्कै अभाबहरुमा, निकै दबाबहरुमा । अभाब थियो तिम्रो सामिप्यताको, तिम्रो साथको, दबाब थियो तिमीलाई मात्र साथीको दर्जामा राख्नु पर्ने । तिमी सोंच्न सक्छ्यौ म कुन अवस्थाबाट गुज्रिएको थिए, कस्तो मोडहरुबाट चिहाई रहेको थिएँ जिन्दगीलाई ।
कसैले भन्यो सम्बन्धमा कहिले काहीँ आँशु भएन भने त माया गर्नुको मिठास पनी कम हुन्छ । हो त्यस्तै महसुस गरें मैले पनी । आज सम्म आई पुग्दा केही पाएँ, केहि गुमाएँ र अझ भनौँ कैयौं बेसी यादहरु सम्हालें यो समयमा, समग्रमा एउटा निकै यादगार पल बन्यो यो समय मेरो लागी । एउटा सुन्दर मिठास । जुन मिठासहरुमा म तिम्रै आकृतीहरुको परिकल्पना गरिरहें तिम्रो साथको कल्पना गरिरहें ।
कुनै पनी कुरा प्राप्ती भन्दा बेसी पाउन खोज्नु मान्छेको स्वभाव नै हो । र त्यस्तै महत्वाकांक्षी बनेर जिन्दगीलाई विस्तार गर्नुछ मैले पनी । छुट्टिनु पहिले तिमी बाट जुन आत्मियताको अनुभव गरेको थिएँ त्यो भन्दा कैयौँ बेशी सामिप्यताको आभाष गर्नु छ तिमीलाई सम्झिएर । सपनै सपनाको भारी बोकेर हिँडेका सपनाहरु संगै अली पर पुगेर तिम्रो खुशी खोज्ने प्रयास गर्नुछ । रमाउने प्रयास गर्नुछ ।
*****
म केही पर पुगी सकेको छु । र जिन्दगीमा निरन्तर आईरहने अभावको भंगालो पुर्ने प्रयासमा छु । सामिप्यताको अभाव, आत्मियताको अभाव, प्रेमको अभाव, स्पन्दनको अभाव, समग्रमा तिम्रो अभाव ।

म सानो छँदा हजुरआमाले भनेको सुन्थेँ नफल्नुु रहेछ र यतीका धेरै फूल फुलेका । त्यतीबेला म आगन भरी पहेँलै फुलेका आँप र लिचीका बोटहरु हेर्थेँ रमाउँथे । उमेर बढ्दै गयो अनी फेरी कहीँ सुनीयो धेरै मायाँ थोरै दिन, थोरै मायाँ धेरै दिन । थोरै बुझे झैँ लाग्यो । यसरी नै समय वित्दै गए । केही सिकीयोे, केही बुझियो । को आफ्ना को पराई छुट्टीँदै गए । आफ्नाहरुलाई आफ्नै बनाई राख्न गर्नु पर्ने अनेकन क्रियाकलापहरु सिकियो । केही सिकाए परिवारले, केही गुरुहरुले, केही देखाई भोगाईहरुले, केही कल्पनाहरुले यावत तरिकाले सिकियो । सिक्ने क्रममै मुस्कुराउन सिकियो, कसैलाई दुःख परेको छ भने उसलाई सहयोग गर्न र नसके उ संग संगै दुःखी हुन पनी सिकियो । अरुलाई सम्झाउन सिकियो । सिक्दै गर्दा र अरुलाई सम्झाउँदै गर्दा आफ्नै मनलाई सम्झाउन भने कसै गरी पनी सकिएन ।

sssssss
यात्रा हिँड्दै गर्दा कहिँ कतै एक्लोपनको आभाष भयो भने फर्किएर हेर्नु, अलीअली झिनो आश, अलिकती निरासा लिएर म यतै कतै बसि रहेको हुनेछु । बोलाउनु आफ्नै सम्झिएर ।

कहाँ माथी उडाएकी थियौ, यसरी छोड्नलाई रैछ । छाड्नु नै थियो भने अलिक तलबाट छाडेकी भए हुन्थ्यो, कम दुख्थ्यो । अब त समय पनी निकै अगाडी बढि सकेको छ । अनी तिमी पनी तिम्रो यात्रामा निकै अगाडी पुगी सकेकी छयौ । यात्रा हिँड्दै गर्दा कहिँ कतै एक्लोपनको आभाष भयो भने फर्किएर हेर्नु, अलीअली झिनो आश, अलिकती निरासा लिएर म यतै कतै बसि रहेको हुनेछु । बोलाउनु आफ्नै सम्झिएर । म पलाउनेछु खडेरीले सुकेको विरुवा वर्षात पछी पलाए जस्तै ।

*****

हिँड्दै गर्दा जिन्दगीको २१ वर्ष पुरा भई सकेछ । अलिकती दुःख अनी धेरै खुशीहरुको बिच आजबाट २२ औँ वर्षको यात्रा मा छ्यौ तिमी । र कामना यत्ती की यो यात्रा कतै नडगमगाओस । नरोकियोस कतै, निरन्तर चलिरहोस उस्तै रफ्तारमा । जसरी चलि रहेको छ अहिले, बरु केही बेसी नै होस यात्राको रफ्तार तर यात्रामा बाधा बनेर नआउन कोहीे । प्यारो मान्छे #SHI तिमीलाई जन्मदिनको शुभकामना ।
*****
- २०७४ जेष्ठ ६ गते शनिबार
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment