बर्दिया राष्ट्रिय निकुन्ज

बर्दिया राष्ट्रिय निकुञ्ज प्रदेश नं. ५ (साविक मध्यपश्चिमाञ्चल विकासक्षेत्र) को बर्दियामा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा रहेको छ । जहाँ पुग्नका लागी पूर्व–पश्चिम महेन्द्र राजमार्गको आम्बासाबाट दक्षिण तर्फ बाटो छुट्टिएको छ ।
यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्व तिरको तराइ प्रदेशमा अवस्थित छ । सन् १९६८ मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिए पनि सन् १९६७ मा करिब ३६८ वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । पछि सन् १९८२ मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४ मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो ।
सन् १९८८ मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो । पूर्णरूपमा तराई क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य बाघ तथा यसको शिकारको संरक्षण भएपनि गैंडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू यसमा संरक्षित छन ।

इतिहास :
पहिला पहिला बर्दियाको बघौरा फाँटमा राजाहरू बाघ तथा हात्तीको शिकारको लागि आउने गर्दथे । यहि क्रममा एकपटक शिकारको लागी आएका राजाले शिकारको लागि बाघ नपाए पछि त्यस क्षेत्रलाई राजाको शिकार क्षेत्रको रूपमा संरक्षण गर्न सुरूवात गरेका थिए । पछि त्यहि क्षेत्रलाई कर्णाली संरक्षण क्षेत्रको रूपमा चिनियो । पछि सन् १९८२ मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४ मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो । सन् १९८८ मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो ।

हावापानी :
बर्दिया राष्ट्रिय निकुञ्जमा पृथक तीन किसिमको हावापानी हुने गर्छ । आश्विन देखि फाल्गुण सम्म मौसम सुख्खा हुन्छ, यो समयमा दिनहरू न्यानो हुन्छन् भने रात ठन्डा रहने गर्छ । बैशाख देखि असार महिना सम्म गर्मी मौसम हुन्छ, यती बेला यहाँको तापक्रम बढेर ४५ डिग्रि सेन्टिग्रेट सम्म पुग्ने गर्छ । त्यसपछिका महिनामा भारी बर्षातको मौसम शुरु हुन्छ । यहाको माटो एकदमै कोमल भएको हुँदा बर्षातमा धेरै हिलो हुने गर्दछ ।

टिप्पणी :
बर्दिया राष्ट्रिय निकुञ्जमा महेन्द्र राजमार्गबाट भएर जान सकिन्छ । यस प्राकृतिक संरक्षण क्षेत्रमा पाटेबाघ, एक सिङ्गे गैडा, हात्ती, संरक्षित कृष्णसारहरू छन । साथै हरिण, नीलगाई र अन्य धेरै जातिका चराचुरीहरूको बसोबास स्थलको रुपमा बर्दिया राष्ट्रिय निकुञ्ज रहेको छ ।

सन्दर्भ सामाग्रीहरू :
बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाल सरकार वन तथा भु–संरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ।

बर्दिया राष्ट्रिय निकुन्ज
स्थापना : २०३२ साल (सन् १९७६)
मध्यवर्ती क्षेत्र स्थापनाः २०५३ साल (सन् १९९६)
क्षेत्रफलः ९६८ वर्ग कि.मि. मध्यवर्ती क्षेत्र क्षेत्रफलः ५०७ वर्ग कि.मि.

शुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो भने २०४५ मंसीर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो । प्रदेश नं. ५ (साविक मध्यपश्चिमाञ्चल विकासक्षेत्र)को बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भाग समेत समेटेको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । यस निकुञ्जको मध्यवर्ती क्षेत्र वि.सं. २०५३ मा घोषणा भएको थियो । शुरुमा ३२७ वर्ग किलोमिटर क्षेत्रफल समेटेर घोषणा भएको मध्यवर्ती क्षेत्र सन् २०१० मा १८० वर्ग किलोमिटर थप गरी सुर्खेत तर्फ विस्तार गरिएको छ ।

निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ । पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यसनिकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् ।

यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संख्या बढिरहेको छ ।
स्रोत :
नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग


SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment