शितल विवशका १२ मुक्तकहरु : भनिदेउ म मुस्कुराउने कस्का लागि हो

शितल विवश - बर्दिया ।
१.
अब भनिदेउ म मुस्कुराउने कस्का लागि हो ?
कल्पनाको महल सजाउने कस्का लागि हो ?
तिम्रो सम्बन्ध अब अर्कैसंग जोडीएपछि,
खुसिहरू जति जोगाउने कस्का लागि हो ??

२.
हामी मुना र मदन हुन सकिएन ।
दुई मुटु एक धड्कन हुन सकिएन ।
अबिश्वासको खाडल बढ्दै गएपछि,
समय संगै नजिक झन हुन सकिएन ।।

३.
नहुने कुरा जिन्दगीमा बारबार भैदिन्छ ।
नमीठो बचनले मुटु नै वारपार भैदिन्छ ।
अनावश्यक बोलेर फाईदा छदै छैन,
उचित समयमा बोल्ने नै समझदार भै दिन्छ ।।

४.
म नसकेपनि हजुरका नजरमा अटाउनका लागि ।
यादहरू नै काफी छन जिवन कटाउनका लागि ।
आफ्नो नभएपनि पराई मान्दैन हृदयले,
छ जरूरी अब मीठो यो भ्रम हटाउनका लागि ।।

५.
हैन म त परि तिम्रो नजर उस्तै हो ।
अनि फुलमन्जरी तिम्रो नजर उस्तै हो ।
कहीले देबी भन्छौ कहीले छहारी,
उपमा थरी थरी तिम्रो नजर उस्तै हो ।।

६.
तिमी संग के के छ कति छ सोच्दै नसोच ।
छोराछोरी छन श्रीमती छ सोच्दै नसोच ।
मरेपछि जलाउने काठ दाउराले नै हो,
अरबौको छ धन सम्पति सोच्दै नसोच ।।

७.
बर्षौदेखिको सपना पलभरमै सकियो ।
एउटा मेरो रहर मात्र रहरमै सकियो ।
जस्लाई चुनियो सहयात्री यो जुनिमा,
उसंगको यात्रा आधा सफरमै सकियो ।।

८.
म जुन र तिमी मेरो आकाश हुनैपर्छ ।
सम्बन्ध हाम्रो अरूभन्दा खास हुनैपर्छ ।
मैले हृदयमा राखेको छु प्रिय तिमीलाई,
र तिम्लाई पनि यो एहसास हुनैपर्छ ।।

९.
मुटु दुःखिरहन्छ पिडा झन हुन्छ ।
मान्छे भित्र रहेको एक मन हुन्छ ।
बोल्दैनौ तिमी मौन बसिदिन्छौ,
तिम्रै हु भन जिन्दगी जतन हुन्छ ।।

१०.
बनाएर चङ्गा झै मन माथी जान्छ ।
स्वतन्त्र बनेर झन झन माथी जान्छ ।
पिजंडामा राखिएको एउटा पंक्षीलाई,
छाडीदेउ अनि हेर गगन माथी जान्छ ।।

११.
उ गुलाफ घरिघरी पठाईरहन्छ ।
मलाई टेर्दै नटेरी पठाईरहन्छ ।
म उसलाई आफ्नो मान्नै तयार छैन,
उ भन्छ मलाई मेरी पठाईरहन्छ ।।

१२.
कहीले पाउ कहीले शिरमा, चोट  लागेको छ ।
अनि हेरत सम्पुर्ण शरिरमा, चोट लागेको छ ।
उ जिवनको हरेक गल्लीबाट, रूदै बाहीरीन्छ,
जस्को मेरो जस्तै तक्दिरमा, चोट लागेको छ ।।

  • विक्रम संवत् २०६७ सालबाट साहित्यको क्षेत्रमा शितल विवशको नामले चिनिएकी विवशको वास्तविक नाम विमला वाग्ले हो । विवशको सिर्जनाहरुमा जिवन, जगत र प्रेमलाई निकै नजिकबाट नियाल्न पाईन्छ । प्रेमका भावहरुलाई जिवन्त रुपमा सजाएर शब्द संयोजन गर्न सक्ने लेखनी क्षमता रहेकी नारी श्रष्टा शितल विवशका रचना बाचन गर्दा वा सुन्दा हर कसैले ति शब्दहरुमा समावेश भएका घटनाक्रमहरु आफ्नै जिवनमा घटेको घटना संग सम्बन्ध राखेको महसुस गर्दछन ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment