गजल : तिमी आए पुग्छ [सौगात श्रेष्ठ]


- सौगात श्रेष्ठ, बर्दिया ।

चाहिँदैन केही अरु मलाई, तिमी आए पुग्छ ।।
हरेकपल आफ्नो पनको, सामिप्यता पाए पुग्छ ।।

तिम्रो स्पर्शले यी फूलहरु फूल जस्तै भए,
मलाई म बनाउन, तिमी मुस्कुराए पुग्छ ।।

तिमीलाई म मेरो मनको राजधानीमै सजाउँला,
तिमीले त केवल मलाई, आफ्नो बनाए पुग्छ ।।

प्यारो मान्छे, म तिमी भित्र आफु खोजी रहेछु,
तिमीले मलाई ती, नजरबाट नखसाए पुग्छ ।।

तिम्रो आगमन संगै सौगात, सौगात नरहला,
सम्हालिन मलाई यो, धर्ती सम्झाए पुग्छ ।।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment