लेखक परिचय : शितल विवश, बर्दिया

साहित्यकार शितल विवशको जन्म विक्रम संवत् २०५२ साल फाल्गुण ०१ गते पिता पिताम्बर वाग्ले र माता देवी वाग्लेको पुत्रीको रुपमा साविक ढोढरी गा.वि.स. वडा नं. ५, बसन्ता हाल मधुवन नगरपालिका–१, बर्दियामा भएको हो । विक्रम संवत् २०६७ सालबाट साहित्यको क्षेत्रमा शितल विवशको नामले चिनिएकी विवशको वास्तविक नाम विमला वाग्ले हो ।

- साहित्यकार शितल विवश
विद्यालय तहबाटै साहित्य लेखन शुरु गरेको भए पनी विक्रम संवत् २०६७ साल देखी विवशले आफ्नो लेखनीलाई तिब्रता दिएकी हुन । बौद्धिकताले भरिपूर्ण, मर्मस्पर्शी र गम्भिर लेखनी भएको लेखकका रुपमा आफुलाई उभ्याउने साहित्यकारका रुपमा शितल विवश परिचित छिन ।

संख्यात्मक रुपमा धेरै लेख्नु भन्दा पनी गुणस्तरिय रचना सिर्जना गर्ने शितल विवशलाई गजल, मुक्तक संगै साहित्यका प्रायः सबै विधामा उत्तिकै सशक्त कलम चलाउने नारी श्रष्टाको रुपमा चिन्न सकिन्छ । उहाँका लेखहरुमा नारी जिवनको सूक्ष्म अनुभव, प्रेममा समर्पण भाव, वियोग प्रधान प्रेम, सामाजिक विकृती–विसंगती, सामाजिक सद्भावको चाहना, स्वदेशप्रेमी भाव र सुखद् भविष्यका स्वर्णीम अभिलाषा समेटिएको पाइन्छ ।

विवशको सिर्जनाहरुमा जिवन, जगत र प्रेमलाई निकै नजिकबाट नियाल्न पाईन्छ । प्रेमका भावहरुलाई जिवन्त रुपमा सजाएर शब्द संयोजन गर्न सक्ने लेखनी क्षमता रहेकी नारी श्रष्टा शितल विवशका रचना बाचन गर्दा वा सुन्दा हर कसैले ति शब्दहरुमा समावेश भएका घटनाक्रमहरु आफ्नै जिवनमा घटेको घटना संग सम्बन्ध राखेको महसुस गर्दछन । 

कम शब्दहरुको प्रयोग गरेर शब्दरुपी तिखो प्रहार गर्ने क्षमता रहेकी विवशले आफ्नो सफलताको श्रेय परिवारलाई दिन चाहन्छिन । पारिवारिक रुपमा पनी पूर्ण समर्थन रहेका कारणनै आफु साहित्यमा आउन सहज भएको र रेडियोबाट प्रशारणहुने साहित्यीक कार्यक्रमहरुको प्रभावले साहित्यमा रुची बढेको उनको अनुभव छ । क्षेत्रीय र राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुमा शितल विवशका लेख रचनाहरु प्रकाशन भएका छन ।

साहित्यीक यात्रा संगै विवश हाल नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय, मधुवन–४, बर्दियामा शिक्षण पेशामा आवद्ध छिन । साहित्यका सबै विधामा सशक्त कलम चलाउने विवश विभिन्न साहित्यिक संगठनहरुमा संलग्न हुनुहुन्छ साथै उहाँ बर्दियाली साहित्य मञ्च, बर्दियाकोे उपाध्यक्ष समेत हुन ।

शितल विवशलाई साहित्यीक रचनाहरुको सिर्जना संगै अन्य साहित्यकारका लेख रचना तथा समसामयिक विषयबस्तुको अध्ययनमा रुची रहेको छ । संगितमा पनी उत्तीकै रुची राख्ने विवशलाई नयाँ नयाँ ठाउँमा घुम्न र सोहि वातावरणमा रमाउन मन पर्छ ।

- विवशलाई सामाजिक संजाल फेसबुकमा पछ्याउनु होस्
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment