गजल : सरल कसरी हुन सक्छ ? [डि.बि. रास्कल]

- डि.बि. रास्कल, बर्दिया ।
अभावै अभावको जिन्दगी सरल, कसरी हुन सक्छ ?
कोहि नबसी दिलभित्र हलचल, कसरी हुन सक्छ ?

यो दिल हो प्रिया मेरो दिल, दिलभित्र तिमी छ्यौ,
दिल, मौसम जस्तै फेरबदल, कसरी हुन सक्छ ?

आफ्नै मान्छेले भित्रभित्रै विष खेती गर्‍यो कि,
मेरो प्रत्येक प्रयास असफल, कसरी हुन सक्छ ?

सायद मनमा छुरा रोपेर गएको होला कसैले नत्र,
उसको हातमा सरावको बोतल, कसरी हुन सक्छ ?

कसरी व्याख्या गरुँ हँरु मेरो समस्या नै तिमी हौ,
तिमी बिनाको यो समस्या हल, कसरी हुन सक्छ ?

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment