बर्दियाबाट SLC परिक्षामा २३ प्रतिशत विद्यार्थी उत्तिर्ण; गतवर्ष भन्दा ६ प्रतिशतले कम

भावुक योगी, असार ६
यसवर्ष प्रकाशित भएको ०७१ सालको एसएलसी परीक्षाको नतिजामा बर्दियामा २३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । गतवर्षको नतिजा अनुसार यसवर्ष ६ प्रतिशले उत्तिर्ण प्रतिशत घटेको छ । 
गतवर्ष बर्दियामा २९.८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएकोमा यसपटक २३.०६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालय बर्दियाले जनाएको छ । 
सामुदायिक र संस्थागत विद्यालयबाट गरी नियमित तर्फ ०७१ को एसएलसीमा कुल ७ हजार ४ जना परीक्षार्थी सहभागी रहेका थिए । जसमध्ये प्रविधिक शिक्षाका ७९ जनाको नतिजा आएको छैन ।
नियमित तर्फका विशिष्ठ श्रेणीमा ७९ जना, प्रथम श्रेणीमा ५ सय १५ जना, द्धितिय श्रेणीमा ९ सय ३ जना र तृतिय श्रेणीमा ८२ जना गरी कुल १ हजार ५ सय ९७ जना विद्यार्थी उत्तिर्ण भएका जिल्ला शिक्षा कार्यालय बर्दियाले जनाएको छ ।
२०६६ सालको एसएलसी परीक्षामा बर्दियाबाट सबैभन्दा बढि ५८.८७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । भने सबैभन्दा कम ०६७ सालमा २४.३५ प्रतिशत र ०६८ को एसएलसीमा २७.२९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।
यस्तै ०६९ मा २९.६३ प्रतिशत र ०७० मा २९.८ प्रतिशत उत्तिर्ण भएका थिए । तर ०७१को एसएलसी नतिजामा पछिल्लो ५ वर्ष यता सबैभन्दा कम २३.०६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । गत वर्षको नतिजा अनुसार यसवर्ष ६.७४ प्रतिशले घटेको छ । पछिल्लो ५ वर्ष यता बर्दियामा हरेक वर्ष उत्तिर्ण प्रतिशत ह्वात्तै आधा घटेको छ । संस्थागत विद्यालयको भने हरेक वर्ष उत्तिर्ण प्रतिशत बढीरहेको छ ।
विगतका वर्षको तुलनामा परीक्षालाई व्यवस्थित र मर्यादित बनाउँदै परीक्षामा शुद्धता आएकाले र परीक्षणमा सुधार आएका कारण पनि नतिजा घटन थालेको छ, तर मुख्यत शिक्षण सिकाई प्रभावकारी नहुनु, पठन पाठन राम्ररी नहुनुले उत्तिर्ण प्रतिशत घटेको जिशिका बर्दियाले स्वीकार गर्दै जनाएको छ । 
बर्दियाका सामुदायिक विद्यालय मध्ये खैरीचन्दनपुरको जनचेतना मावि मंगलपुरबाट ७३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । ७२ विद्यार्थी मध्ये ५३ जना उत्तिर्ण भएका छन् । दोस्रोमा सदरमुकाम गुलरीयाको बगलामुखी माविबाट ६१ प्रतिशत उत्तिर्ण भएका जिशिकाले जनाएको छ ।
यस्तै बर्दियाका अधिकाँस संस्थागत विद्यालयहरुबाट यसवर्ष शत प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । गुलरीयाको जनज्योती, सनराईज, लिटीलह्यावन, कालीकाको शुभकामना एकेडमी, सानोश्रीको अरनिको एकेडमी, राजापुरको अक्सिीडेन्टल र मगरागडीको पेट्रेट एकेडमीबाट शतप्रतिशत उत्तिर्ण भएका छन् । केही संस्थागत विद्यालयहरुबाट भने ६० देखि ९२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
संस्थागत विद्यालयका छात्रको ९१.३८ प्रतिशत

यस्तै बर्दियाको संस्थागत विद्यालयबाट एक जना छात्र बर्दिया सहित मध्यपश्चिम टपमा पर्ने सम्भावना देखिएको विद्यालयको दावी छ । ठाकुरद्धाराको विवीए एस मेमोरीयल स्कुलका छात्र युवराज खनाल को ७३१ अर्थात ९१.३८ प्रतिशत आएपछी हालसम्म बर्दिया टप दावी गर्दै मध्यपश्चिम टप पनि हुन सक्ने विद्यालयले दावी गरेको छ । 
तर जिल्ला शिक्षा कार्यालय बर्दियाले हालसम्म ९१.३८ भन्दा बढी अरु कसैको छ की भनेर हेर्न खोज्दा इन्टरनेटको समस्याले गर्दा विशिष्ट श्रेणीमा परेकाहरु सबैको मार्कसीट नेटमा हेर्न नसक्दा अहिले जिल्ला प्रथम र मध्यपश्चिम यसै बताउन नसकीने जनाएको छ ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment