मन पराउनेहरु धेरै भेटिन्छन तर...

हुन त मन पराउनेहरु धेरै भेटिन्छन तर सबै संग कहाँ मन साट्न सकिन्छ र ? त्यहि तिमीलाई मन पराउनेहरुको भिडमा म पनी एउटा थिएँ ।

तिम्रो त्यो साथित्वको भाब, बोली बचन, आत्मियता एवम्‌ तिम्रा हरेक कृयाकलापहरुलाई मायाँको संज्ञा दिई रहेको रहेछु । आज एउटा भ्रम चिरिए पछिको अवस्थामा छु । उदाङ्गिएको छु झरि पछिको आकास जस्तै, रुमल्लिएको छु बाटो बिर्सिएको चरि जस्तै, र एक्लिएको छु आफु बाट आफै ।
ढिलै भए पनी आज एउटा भ्रम चिरिएको छ । अनी यथार्थताको धरातलमा उभिएको छु । सपनाहरु सिसा जस्तै टुक्रिएका ...छन । मन एक तमास भई रहेछ । जस्तै भए पनी वास्तबिकता यहि हो कि तिमी मेरी होईनौ ।

तिमीलाई गुमाएर पनी सम्हालिनु छ । जस्लाई पाएकै छैन उसलाई गुमाएँ पनी कसरी भन्नु ? जे भए पनी अब तिमी संग टाढिएर रमाउनु छ र नसके अभिनय गर्नुछ ।

थाहा छैन अबको यात्रा कसरी अघि बढ्छ । कहाँ सम्म पुग्छ, अनी कुन सहयात्रीको साथमा...
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment