बर्दियामा नदीले बगाउँदा २ जना बेपत्ता

भावुक योगी, असार १२
 
बर्दियाको ओराही नदी तर्ने क्रममा नदीले बगाउँदा आज विहान २ जना बेपत्ता भएका छन् ।  
ढोढरीको खाता र सुर्यपटुवाको पथ्थरबोझी गाँउको बिचमा पर्ने ओराही नदीमा माछा मारीरहेकी ढोढरी ९ खाता की ३५ वर्षिया मिना चौधरी र सुर्यपटुवा ७ बुटकौवा की १६ वर्षिया पार्वती थापा नदी तर्ने क्रममा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय ढोढरीका सई जंग बहादुर शाहले जानकारी दिनुभयो । 
प्रहरीका अनुसार नदी किनारमा मिना चौधरी माछा मारीरहेका बेला नदी तराईदिन भन्दै पार्वती थापाको हात समातेर नदी तर्दै गर्दा दुबै जना बगेर बेपत्ता भएका हुन ।
बेपत्ता भए लगत्तै स्थानियवासी, नेपाल प्रहरी र ससस्त्र प्रहरीले खोजी गरीरहेको छ । दिउस सम्म पनि शव फेला परेको छैन । नदीमा गहिराई र पानीको बहाव बढी भएकाले खोजी गर्न समस्या परेको छ ।
विहीवार र शुक्रवार परेको अविरल वर्षाका कारण बर्दियाको कर्णाली, गेरुवा नदी, बबई नदी, ओराही नदी लगाएतका खोला नालामा पानीको वहाव बढेको छ ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment