एसएलसीको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत उत्तीर्ण

रमेश गिरी/उज्यालो । भक्तपुर, असार ४ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी पास भएका छन् ।
कार्यालयका अनुसार नियमिततर्फ १ लाख ९२ हजार २ सय ६७ जना पास भएका छन् । २१ हजार २ सय ४७ जना विशिष्ट श्रेणीमा, ९० हजार १ सय ७६ जना प्रथम श्रेणीमा ७६ हजार ४ सय ८२ द्धितिय श्रेणीमा तथा ४ हजार ३ सय ६२ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् ।
गएको वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पुर्‍याएका कारण केही दिन  ढिलो भएको हो । प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक हप्ता ढिलो हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यलय सानोठिमीका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विभिन्न नम्बरमा एसएमएस पठाएर, शिक्षा मन्त्रालय, विभाग र परीक्षा नियन्त्रण कार्यलयको वेवसाइटसँगै अरु धेरै वेवसाइटमा पनि परीक्षाफल हेर्न सकिनेछ । विद्यार्थीलाई सहज होस् भनेर यो व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर ५५६६ मा एसएमएस गर्न सकिन्छ ।

रेगुलरतर्फका विद्यार्थीले रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोला । (पिडिएफ)

एक्ज्याम्टेडतर्फका विद्यार्थीले रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोला । (पिडिएफ)

१६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यलय सानोठिमीको वेवसाइट www.soce.gov.np मा परीक्षाफल हेर्न सकिनेछ । योसँगै www.slc.ntc.net.np, www.ncell.com.np , www.results.ekantipur.com मा परीक्षाफल हेर्न सकिनेछ ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment