गजल : थियो एउटा साथी थियो

थियो एउटा साथि थियो आफ्नै बनाएको थिएँ ।
समिप्यता प्रगाढ थियो मनमा सजाएको थिएँ ।

आयो नजिक, सम्बन्ध सकिएको उद्घोष गरेर गयो,
जसको हरेक सफलतामा म आफै रमाएको थिएँ ।

सम्बन्धको यात्रा रोकिए पछि गन्तब्य बिर्सिदिएँ मैले,
लक्ष्य त तिम्रो हरेक खुशीमा पुग्ने गराएको थिएँ ।

तिम्रो शहरमा त मायाँ गर्न पनी कला चाहिँदो रहेछ,
म त मनको यात्रामा दिमाग अन्तै छोडेर आएको थिएँ ।

© सौगात श्रेष्ठ

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment