राजीनामा पत्र

- नरेन्द्रकुमार नगरकोटी  
बाह्र वर्ष लागिसकेछ । अस्ति भर्खर कक्षाकोठामा छिर्न थालेको जस्तो लाग्छ । हुन त नितान्त सरकारी कोषबाट तलबभत्ता खाने गरी काम गर्ने सुअवसर पाएको छैन । तर पनि सरकारी मान्यताप्राप्त संस्थामा वैध सेवा गरेको हुँ। थोरै तलब खाईपाई आएकोमा पनि राज्यलाई कर त तिरेकै छु । जसरी पनि सरकारी निकायसँग मेरोे ‘अट्याचमेण्ट’ छ । मेरो तीन पुस्ते पनि जिल्ला शिक्षा कार्यालयमा कुनै कुनामा ट्वाल्ल परिरहेकै होला।

यस देशमा १०/१० वर्षमा कुनै न कुनै ठूलै परिवर्तन भएको देखिन्छ। तर, परिवर्तन यथार्थ धरातलमा भएन । र म पनि यतिखेर आफूले अध्यापन थालेको एक दशक बितेको सन्दर्भमा मेरो मानेमा एउटा दुस्साहस गर्दैछु ।

मलाई आजसम्म दालभात दियो मेरो पेशाले । नाम दियो होला । यकिन छैन। मैले के पाएँ र के पाइन भनेर हिसाब पनि गरेको छैन । यो एउटा यात्रा हो । यात्रामा भेटिने, छुटिने, पाउने, गुमाउने क्रम चलिरहन्छ। यात्रा सुखद वा दुःखद दुवै हुनसक्छ। मैले यो यात्राबाट विदा लिने निर्णय गरेको छु । तर थकाइ लागेर होइन । दिक्दारीले पनि होइन । विमति भने पक्कै नै छन् मेरा केही ।

राजीनामा पत्र कोरिरहँदा मनमा एउटा शङ्का उत्पन्न भएको छ । मलाई सन्तुष्टि मिल्ने अर्को पेशा के छ तरु कतै मैले वैदेशिक श्रममा जानुपर्ने वा वेरोजगार रहनुपर्ने त होइनरु मजस्ता कैयन् पढालेखालाई पनि स्वरोजगारमुखी चिन्तन र आइडिया नै छैन। के पढेछौं हामीलेरु कसरी होला नवनिर्माण देशमारु के सिकिरहेका छौं हामी ? कुन उपयोगी कुरा सिकाइरहेका छौं दैनिक ?

कुनै नेटवर्क बिजनेस जसरी शिक्षा क्षेत्रलाई अगाडि बढाएर होलारु जस्तो, हामीलाई एक पुस्ताले पढायो। हामी उनीहरूका छोराछोरीलाई पढाइरहेका छौं । हाम्रा छोराछोरीलाई हाम्रा चेलाचेलीले पढाउनेछन् । एउटा अविच्छिन्न क्रमशिवाय के बनाउन सक्यौं त हामीले यस शैक्षिक जगतलाईरु मेरो मस्तिष्कले एउटा मान्यता निर्माण ग¥यो यो एक दशकमा । कि त जीवनोपयोगी शिक्षा दिने, हैन भने बन्द गरिदिने काम गर्न । यसो भनिरहँदा हामी चौतर्फी चुनौतीको दबाबमा छौं। सङ्क्रमणमा अल्झेको छ समय । यतिबेला छुमन्तर गरेर परिवर्तन हुँदैन थाहा छ तर आरम्भका बाछिटाहरू त देखिनुप¥यो नि । त्यसैले सके सुरु गरौं नसके छाडौं ।

यो देशव्यापी रुपमा लेखिएको राजीनामा पत्र नै हो भन्ने सोचेको छु मैले । र केही सन्दर्भ त उप्काउनै प¥यो भनेर प्रयत्न गर्दैछु ।

मान्छेले जीवनभर सिकिरहन्छ। सिक्नुपर्छ। सिक्न छाडेको दिनदेखि ऊ वृद्ध हुन्छ । यस मानेमा वृद्ध भएर काम गरिरहेका शिक्षक मित्रहरुलाई म स–सम्मान स्मरण गरिरहेछु । बाध्यतामा गरिने पेशा किन बनाउने शिक्षणलाईरु अन्तिम विकल्पको रुपमा यो पेशालाई स्थापित गर्न, गराउन कोको जिम्मेवार छौं तरु अब जिम्मेवार बन्न अबेला भएन र ? आँखा चिम्लेर बस्दैमा टाउकोको पीडा त कम हुँदैन नै ।

दुःखको कुरो यो छ कि सिकाउने व्यक्तिको उत्पादन गर्ने अधिकांश कारखाना नै खारेज गर्न लायक छन् । कारखाना सञ्चालन गर्न बनाइएका नीति नियममा अलमल, ढुलमुल र पुरातन विचारले जरो गाडेकै हो । स्वीकार्नुपर्छ। परिवर्तन जरुरी छ । अभ्यासकर्ताहरुमा पनि अन्यौलता छ । अनुमति प्रदायकले पनि प्रष्ट नभएरै प्रमाणपत्र बाँडेको बुझिन्छ । र नेपाली शैक्षिक संस्थाहरु एकाधलाई पन्छाएर कुरा गर्ने हो भने केवल प्रमाणपत्र विक्रयका लागि खोलिएका पसल मात्र हुन् झैं लाग्नु अस्वभाविक छैन ।

प्रमाणपत्र त चाहिन्छ। तर सीप, दक्षता, अनुभव, ज्ञान सबै कुराले पोख्त भएको कुरा खुलाएर दिन सके पो । आज प्रमाणित गरेको जनशक्तिले भोलि कुनै समस्या आइपर्दा सिर्जनशील तरिकाले समाधान गर्न सकोस् न । आज प्रमाणपत्र हासिल गरेर निस्केको विद्यार्थीले भोलि ‘मैले त केही सिकेकै रहेनछु’ भनेर महसुस ग¥यो भने के हुन्छरु जो आज भइरहेछ ।

हामी त यस्तो चक्करमा छौं। यो घनचक्कर हो । सबै जान्नेसुन्ने। कोभन्दा को कमको स्थिति छ । नजान्नेले पनि जान्दिनँ र सिक्छु भन्ने अवस्थाको घेरो सानो छ । पाठ्यक्रम भनेको पाठ्यपुस्तक नै हो भन्ने अवस्थामा हामी छौं । अझ बुझ्नेले भने पाठ्यक्रमलाई लगाम सम्झेका छन् । मन्त्र सम्झेका छन् । ब्रह्मवाक्य मानेको स्थिति छ । यो खाले चिन्तनमा पनि बदलाव आउनु जरुरी छ ।

हास्यासपद कुरो । पीडाप्रद सत्य । प्रयोगात्मक विधि चित्त नबुझेको पनि ताजा स्मरण छ । बालमैत्री शिक्षणसिकाइ वातावरणले सिकाइ स्तरमा ह्रास आयो भनी निष्कर्ष निकाल्ने शिक्षक पनि भेटेको छु । जसको शिक्षण अनुभव तीन दशकको छ । हामी नै हौं घामको राप तापेर जागिर पकाउने पनि । आफूलाई ऐनामा नहेरी अरुको अनुहारमा दाग देख्ने प्रवृत्ति हाम्रो पेवा भइसक्यो। यो प्रवृत्तिलाई चिर्नु अनिवार्य छ । आफ्नै शरीरमा पलाएको ट्युमरलाई अपरेसन गरेर नमिल्काई रोग निको भएन भनेर फलाक्नु निरर्थक छ । असान्दर्भिक छ । बकवास हुन् यस्ता कुरा । कुतर्क गरेर दालभातडुकुका लागि आफ्ना कमजोरी कतिञ्जेल ढाकिबस्ने ?

अभिभावकको पक्ष दर्बिलो हुनु पर्ने हो, शिक्षाका लागि । हुन सकेन किन ? अभिभावकलाई कमजोर सावित गरिरहँदा हामीले कहिल्यै सोच्यौं त हामी कत्तिका बलिया छौं भनेर ? आफूसँग भएको क्षमता, बुुद्धि र ताकतको कति प्रतिशत सदुपयोग गरेका छौं त हामीलेरु अभिभावकको सहभागितालाई बृद्धि गरी शिक्षणसिकाईलाई थप प्रभावकारी बनाउनतर्फ हामीले गरेका प्रयत्न कस्ता छन्रु सोचनीय छ ।

हातमा डाडुपन्यू बोकेर सुत्नेहरूले अनुभूत गर्नु जरुरी छ । भोका कोको छन् । कहाँकहाँ छन् । कसरीकसरी वितरण गरिनुपर्छ भोकको समाधानरु पद्धति कस्तो बनाउने सवाल प्रमुख छ । हामी चुकेका छौं पद्धति निर्माणमा । हामीले ख्यालै नगरी कुनै अनुत्पादक पद्धति संस्कृति बनिदिन्छ । अनि हामीले पछुताएर पनि केही हुँदैन। संस्कृति बलियो गरी टाँसिएर बस्छ समाजमा । देशमा । निर्माणको आधारशिविर हो सिकाइको क्षेत्र । सिकाइ हुने ठाउँ भनेर स्कूललाई मात्र ठान्ने मान्यता बनेको देखिन्छ। यो होइन भनेर बुझिने कहिले होलारु घर, छिमेक, पसल, बाटो, खेलमैदान, भान्छाकोठा, बसपार्क सबैसबै ठाउँ सिकाइका लागि स्कुलसरह हुन् ।

आर्थिक अभावले खेप्नुपरेकाको दुःखको पाटा सम्झँदा लाग्छ, किन महङ्गो बन्दैछ नेपालमा शिक्षा ? के निशुल्क तर अनिवार्य गर्न सकिँदैनरु जनशक्ति उत्पादन नै गराउने गरी रुचि, क्षमता र सम्भाव्यतालाई आधार मानेर शिक्षालय सञ्चालन गर्न केले रोकिरहेछ त हामीलाईरु के गरिरहेछ सरोकारवालारु प्रश्न गर्ने बेला आएकै हो ।

यसरी अक्षर कोरिरहँदा निराशै बन्नुपर्ने अवस्था चाहिँ मैले देखेको छैन । आशावादितामा बाँचेको छु म पनि । परिवर्तन गर्न सकिन्छ भन्नेमा पूर्णतः विश्वस्त । तर पनि राजीनामा दिने मनस्थितिमा किन पुगेको छु त ? यस सन्दर्भमा मलाई के भन्नु छ भने मेरो जस्तो मनस्थिति यस देशका हज्जारौं शिक्षकमा छ । खल्तीमा राजीनामा पत्र बोकेर कक्षामा प्रवेश गरेको उदाहरण यो लेख पढ्दै गरेका पाठकलाई मलाईभन्दा बेसी जानकारी होला। सिर्फ प्रकट भएन वा विस्फोट हुन पाएन । छेकबारहरू धेरै छन् । यस बारेमा लोक जान्दछ। म बबुरो के बोलुँ ।

अन्तिममा भन्छु– यस्तो कहिल्यै लेख्नु नपरोस् ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment