गजल : समयले बगैँचामा फूल फुलाएको छ

फेरी समयले बगैँचामा फूल फुलाएको छ ।
अनी मलाई बालक बाट बृद्द बनाएको छ ।

यो कस्तो परिक्षा लिई रहेछ प्रकृतिले,
छोरो डराएर बाबुको हात समाएको छ ।

आखिर किन उसैमाथी बज्रपात आई पर्छ,
जसले पाउनु भन्दा कैयौँ बढी गुमाएको छ ।

यो याद भन्ने चिजमा के छ कुन्नी त्यस्तो,
उसलाई सम्झँदैमा पनी मन रमाएको छ ।

© सौगात श्रेष्ठ, बर्दिया ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment