गजल : सम्झिएर रोएँ

आज वर्षैँ पछि उनलाई सम्झिएर रोएँ ।
एकान्तमा उनकै नाम कल्पिएर रोएँ ।

सपना जस्तै रहर विहानीमा टुटे पछि,
हरेक पलमा उनकै याद बल्झिएर रोएँ ।

भुलेँ हुँला सबै तर उनलाई भुल्न नसकेसि,
उनिसंगको बिछोडमा तड्पीएर रोएँ ।

छुट्टै संसार खुशीहरु सजाई सक्दा उनले,
म उनको सम्झनामा अल्झिएर रोएँ ॥
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment