बुद्धले २६ सय वर्षअघि भन्नु भएको, म संसारमा सबैभन्दा पहिले रुख थिएँ रे

म संसारमा सबैभन्दा पहिले रुख थिएँ रे,
बुद्धले २६ सय वर्षअघि भन्नु भएको ।

त्यसो भए आज रुखकै बारेमा सोध–खोज गर्दा यस्तो कुरा फेला पर्‍यो ।
१० रुखको उमेर हुँदैन । रोग नलागी रुख मर्दैन । तर संसारका अन्य जीवन मान्छे पनि रोग नलागे पनि मर्छ ।

२० यो पृथ्वीमा एक दिनमा ५ अर्ब रुख लगाइन्छ तर १० अर्ब रुख काटिन्छ । तर चिन्ता गर्नुपर्दैन, कारण एउटा रुखले ४ जना मानिस बाँच्न पुग्ने अक्सिजन दिन्छ । संसारमा यसैगरी रुख काटिदै गए पनि यो पृथ्वीमा थप एक हजार वर्ष मानिसलाई पुग्ने अक्सिजन रहन्छ ।

३० संसारमा सबैभन्दा बढि जंगल रुसमा छ । त्यसपछि क्यानडा, त्यसपछि ब्राजिल, त्यसपछि अमेरिकामा । यी सबै विकसित मुलुक हुन् । तै पनि रुख बचाएका कारण नेपाल जस्ता मुलुकले ९कार्बन ब्यापारबाट० वार्षिक ७ अर्ब रुपैंया कमाउँछन् । यसको अर्थ हो, नेपालले रुख बचाएका कारण होइन, यहाँका नागरिकले हरित गृह उत्सर्जन कम गरेका कारण अथवा कम भन्दा कम वस्तु र सेवा उपभोग गरेका कारण प्राप्त गरेको हो ।

४० संसारमा अहिले करिब ७ अर्ब मानिस छन् । तर रुखको संख्या २९५४००००००००० भएको अनुमान गरिएको छ । यस अर्थमा एक व्यक्तिको भागमा अहिले ४ सय २२ वटा रुख पर्छन् । नेपालको हकमा एक व्यक्ति बराबर १ सय २३ रुख पर्ने अनुमान गरिएको छ ।

५० रुख अद्भूत प्राणी हो । रुखमा ७५ प्रतिशतसम्म वायु प्रदुक्षण पिउने क्षमता हुन्छ । वायु प्रदुषण मात्रै होइन, ५० प्रतिशतसम्म ध्वनी प्रदुषण पिउने क्षमता हुन्छ । सडकका छेऊ छाउमा रुख लगाउनुको कारण पनि सडकमा हुने ध्वनी र वायु प्रदुषणबाट मानिसलाई बचाउनु नै हो ।

६० रुखमा गर्मी पिउने क्षमता पनि अत्यधिक हुन्छ । एकै खालको गर्मी हुने स्थानको अध्ययन गर्दा वैज्ञानिकहरुले अनौठो तथ्य पाए । जहाँ घना जंगल छ, त्यहाँको तुलनामा रुख कम हुने सहरी क्षेत्रमा ९ प्रतिशत सुर्यको ताप बढी भएको देखियो ।

७० रुख मानिसको सबैभन्दा प्रिय साथी हो । मानिसले जुन कुरा फ्याँक्छ, त्यही रुखको खाना हुन्छ । जुन कुरा मानिस लिन्छ, त्यहि कुरा फलाउँछ । कतिसम्म भने मानिसले खाने खानेकुरा मात्र होइन, लिने सास पनि रुखबाटै प्राप्त हुन्छ । रुखले खाने कुरा १० प्रतिशत मात्र माटोबाट लिन्छ ।

९ मेरो मनमा रुख प्रति प्रेम पलाई रहेको छ  िआज म ललितपुर बखुनडोलमा एउटा रुख रोप्दै छु  ितपाईं को मनमा पनि एउटा रुख रोप्ने सोच पलाओस  िकिन भने म मात्रै होइन, तपाईं पनि सुरुमा रुख नै हुनु हुन्त्यो रे  िमैले भनेको होइन, बुद्धले २६ सय वर्षअघि भन्नु भएको ।े
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment