गजल : हुनुपर्थ्यो...

या त यी मान्छेहरुको अजीब रहर हुनुपर्थ्यो ।
या त अमृत नामको शिशीमा जहर हुनुपर्थ्यो ।

किन उचनिच छन् मान्छेका सोँचाइहरु ?
हैन भने जमिन पनि समथर हुनुपर्थ्यो ।

फूलसँगै किसानको मुस्कान बेचिन्छ यहाँ,
नत्र त फूलहिन जिन्दगीको कदर हुनुपर्थ्यो ।

यदि यी कानूनहरु बनेका हुन् भने सबैलाई,
होचालाई घोचिरहने नजीरहरु बदर हुनुपर्थ्यो ।

किन लेखिन्छ सधैँ लासमाथि टेकेर इतिहास ?
बोली त यी लासहरुको पनि सदर हुनुपर्थ्यो ॥

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment