गजल : बन्धकिको पाखोबारि...

http://facebook.com/hajurkosaugat






बन्धकिको पाखोबारि जमिन सम्झिएर ।
म प्रदेशिएँ साहुको .. रिन सम्झिएर ।
 
जसो तसो दिनहरु काटिरहेको छु ,
झिसमिसेमै गाउँ छोडेको दिन सम्झिएर ।
 
बाबा-आमा गाउँ सम्झि रमाउँछु कहिले,
कहिले रमाउँछु दुनियाँ रंगिन सम्झिएर ।
 
पसिना संग पैसा, यहाँ साटि रहेकोछु,
भोलीको त्यो जिन्दगी नविन सम्झिएर ।
 

©  सौगात श्रेष्ठ

- आफ्नै बस्ती, बर्दिया  

 
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment