जि.एम. दिपु देपेन्द्रको गजल...

सोचिरहन्छु म कुनै दिन, आऊला कि नआऊला ? यो मनलाई जॉच्ने मेशिन, आऊला कि नआऊला ? नरभंक्षी आत्मा बसेको छ, यो घरमा गरिबीको कुनै, उपबासले लच्छिन, आऊला कि नआऊला ? तिम्रो प्रयोगशाला के भन्छ, ए ! बैज्ञानिकहरु हो, भविष्य देखाऊने लाल्टिन, आऊला कि नआऊला ? परिवर्तनले जलवायु , यी हिमाल पग्ले जस्तै, मनमुटु पग्लेर जमिन, आऊला कि नआऊला ? तिमीले मलाई छोड्दा खेरी, केवल यत्ती सोच्दैछु, तिम्रो बाटोमा कतै कठिन, आऊला कि नआऊला ? © जि. एम. दिपु देपेन्द्र • रुकुम
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment