केही यथार्थ

निद्रा र मृत्यु मा के फरक छ ?
कसैले क्या सुन्दर जवाफ दियो ," निद्रा आधा मृत्यु हो र मृत्यु हमेशाको लागि निद्रा हो ।"
जिन्दगी त आफ्नै तरीकाले चल्दछ अरुको सहाराले त कात्रो निस्कने गर्छ ,
विहान हुन्छ , साँझ हुने गर्छ ।
उमेर यसरी नै तमाम हुने गर्छ !
कोहि रोएर दिल बहलाउछन

कोहि हाँसेर दर्द लुकाउछन ।
कस्तो चमत्कार छ यो प्रकृतिको जिउदो मान्छे पानीमा डुब्छ र मुर्दा तैरीएर देखाउछ । बसको कन्डक्टरको जस्तो भइसकेको छ जिन्दगी , यात्रा दैनिकी हुन्छ र जानू कहि हुदैन ।
सफलताको सात रहस्य मलाई आफ्नो कोठामा नै भेटीयो,
कौशीले भन्यो - आफ्नो उद्धेश्य महान राख
पँखाले भन्यो - ठण्डा दिमाग राख ।
घडीले भन्यो - हरेक मिनेट महत्वपुर्ण छ , सदुपयोग गर ।
काँचले भन्यो - केही गर्नुभन्दा अगाडि आफुभित्र जाकेर हेर ।
झ्यालले भन्यो - दुनियालाई पनि हेर ।
ढोकाले भन्यो - आफ्नो लक्ष्य प्राप्त गर्न पूरा जोड लगाउ ।
क्यालेन्डरले भन्यो - Up To Date गर ।
रेखाहरु पनि अचम्मको हुन्छ ,निधारमा खिचियो भने किस्मत बनाइ दिन्छ, जमिनमा खिचियो भने बर्डर बनाइदिन्छ र सम्बन्धमा खिचियो भने भित्ता बनाइदिन्छ , छालामा खिचियो भने रगत निकालिदिन्छ।
"एक रुपैया एक लाख हुदैन तर फेरि एक रुपैया एक लाखबाट निस्कन्छ भने त्यो लाख पनि लाख हुदैन म तपाईंको लाखौ रुपैयाको बिचमा एक रुपैया हु ,सम्हालेर राख्नु , बाकी सबै मोह माया हो ।"
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment