मुक्तकमा सवाल जवाफ

तिमि सँगै तिम्रो याद लिएर जानु ।
केहि भन्छु सुन मन सिएर जानु ।
तिम्लाई सम्झी टाढा, बस्न सक्दिन म,
अलिकति सराब दिएर जानु ॥
* सौगात श्रेष्ठ

यति सानै उमेरमा सराब पिउनु हुन्न साथी ।
पराईलाई आफ्नै ठानी जिउनु हुन्न साथी ।
आफ्नै मान्छेको त विश्वास नहुने यो जमानामा,
पराई हातले आफ्नो मुटु सिउनु हुन्न साथी ॥
* मनोज सावद

के गर्नु त मित्र जिउनु पर्दो रै'छ ।
च्यातिएका मनहरु सिउनु पर्दो रै'छ ।
रहर त होईन मित्र सराबि बन्ने,
यादहरु भुलाउन पिउनु पर्दो रै'छ ॥
* सौगात श्रेष्ठ

मान्छे भई जन्मे पछि जिउन सक्नु पर्छ ।
च्यातिएका मनहरु सिउन सक्नु पर्छ ।
भने सरी पियौ भने के-के गर्छौ शंकै लाग्छ,
आफ्नो ईज्जत बचाएर पिउन सक्नु पर्छ ॥
* मनोज सावद

हार्न नसकेर त आज सम्म जिएको छु ।
च्यातिएका मनहरु जसो तसो सिएको छु ।
ढुक्क हुनुस मित्र बद्नाम हुने छैन,
निष्ठुरीको तस्विर साथमा राखि पिएको छु ॥
* सौगात श्रेष्ठ

सराब पिई हिँड्यौ भने भिर देखिँदैन ।
निष्ठुरीको कुरै छोडौँ आफ्नै तस्विर देखिँदैन ।
पिए पछि असल मान्छे पक्कै भईदैन साथी,
अरुलाई के को मलम आफ्नै पिर देखिँदैन ॥
* मनोज सावद

जिवन नै गयो भने भिर आएर के भो ?
मन मुटु त मरिसक्यो पिर आएर के भो ?
असल मान्छे पिउँदा, पक्कै हुन्न थाछ,
नशामा भुली सके तस्विर आएर के भो ?
* सौगात श्रेष्ठ

जवाफी मुक्तक रचना गर्नुहुने, रिम-६, बैतडीका स्रष्टा हाल नेपाल प्रहरीमा कार्यरत मुक्तककार मनोज सिँह साउद हुनुहुन्छ । जवाफी मुक्तक रचना गरेर सहयोग गर्नु हुने मुक्तककार मनोज सिँह साउद ज्यू, लाईधन्यवादका शब्दरुपि स-पुष्प गुच्छाहरु समर्पण गर्दछु ।

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment