‘शीतविन्दु’को नयाँ कवितासङ्ग्रह ‘बिना सालिकका नायकहरु’

काठमाडौँ, १० असोज – 
‘न चुराहरु फुटी जान्छन् 
न बज्छ चुराको सङ्गीत 
न सिउँदो मेटिन्छ मेरो 
न उम्रिन सक्छ सिन्दुरको लहरा ’ 

सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका आफ्ना श्रीमान्को खोजी र प्रतीक्षामा एक महिलाले व्यहोरेको पीडालाई नजिकबाट देखेपछि शीतविन्दुको कलमले त्यसलाई ‘बिना अनुहारको रात’ शीर्षक कवितामा उता¥यो । पञ्चायत, द्वन्द्वकालदेखि शान्ति प्रक्रियासम्मका विभिन्न कालखण्डमा एक साहित्यकार र राजनीतिज्ञका रुपमा समयको साक्षी बनेका शीतविन्दु तेस्रो कविता कृति ‘बिना सालिकका नायकहरु’ ले त्यस्तै पात्र र प्रवृत्तिलाई उठाएको छ । पुस्तकका ती पात्र र सवाल कुनै इतिहासको अभिलेखका पानामा भेट्न सकिँदैन ।

प्रदीपकुमार ज्ञवाली तिनै शीतविन्दु हुनुहुन्छ जसका यसअघि कवितासङ्ग्रह ‘चिता जलिरहेछ’ ९२०५३० र ‘आस्था ओ मेरी प्रिया’ ९२०५९० र सहयात्री उपन्यास प्रकाशन भए । त्यसो त ज्ञवालीको पञ्चायतकालको भूमिगत नाम ‘सुबोध’ र ‘सागर’ पनि थियो तर साहित्यमा ‘शीतबिन्दु’ लेख्नुहुन्थ्यो । अन्य विधामा एक दर्जन पुस्तक लेखिसक्नुभएका ज्ञवालीको खास नामबाट प्रकाशित ‘बिना सालिकका नायकहरु’ लाई केही कविताको मञ्चनसहित यहाँ आज आयोजित कार्यक्रमबीच नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले लोकार्पण गर्नुभयो ।
सो अवसरमा पूर्वप्रधानमन्त्री ओलीले ‘बिना सालिकका नायकहरु’ को विम्बको प्रशंसा गर्दै आफूले एक पटक तत्कालीन राजासँगको भेटवार्तामा इतिहासमा नाम नलेखिएका सङ्घर्षशील नागरिकको प्रसङ्ग उठाएको स्मरण सुनाउनुभयो । “आन्दोलनमा जनता अगाडि हुन्थे, उनीहरु कतिपय मारिए, बेनाम भए, मौसुफका पुर्खा पछाडि हुन्थ्यो र आफ्नै इतिहास लेख्यो”– उहाँले भन्नुभयो, “इतिहासका नक्कली नायकहरु सक्कली नायकका नाम, काम र सालिकसँग पनि डराउँछन् ।”

प्रतिकूल अवस्थामा पनि खतराको सुइरामा टेकेर ज्ञवालीले सुमधुर कविता लेख्न सकेको जनाउँदै अध्यक्ष ओलीले रसिलो र खँदिलो कृति दिएर समाजलाई गुण लगाएकामा धन्यवाद दिनुभयो । कवि ज्ञवालीले आफूलाई कुनै पात्र र समस्याले घोचेपछि मात्रै कविता लेख्ने गरेको जनाउँदै मुलुक बनाउन सङ्घर्ष गर्ने तिनै पात्रलाई नायक बनाएर कविता लेखिएको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नयाँ कृतिमा ‘शीतबिन्दु’ नयाँ संस्करणका साथ उपस्थित भएको बताउँदै कृतिले सामाजिक चेतना निर्माणमा उल्लेख भूमिका खेल्ने बताउनुभयो । संस्कृतिविद् तथा कवि तुलसी दिवसले कवितामा राजनीतीकरणभन्दा राजनीतिमा कविता भएको आफूले देख्न चाहेको भन्दै ज्ञवालीका कवितामा विचार र कला पक्षको सघनता भएको टिप्पणी गरिरहँदा समालोचक निनु चापागाइँले भने पुस्तकका विचार पक्ष बढी भएको र इतिहासका सबै अभिलेखको झलक आउन नसकेको प्रतिक्रिया दिनुभयो ।
कवि विप्लव ढकाल र डा विन्दु शर्माले पुस्तकमाथि समीक्षा गर्दै ‘बिना सालिकका नायकहरु’ ले सीमान्तकृत समुदायको आवाजलाई बुलन्द गरेको टिप्पणी गर्नुभयो । नवस्थापित सिमल बुक्सले प्रकाशन गरेको १४५ पुष्ठको सो सङ्ग्रहमा ४७ कविता छन् । रासस

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment