बगनाहामा बृद्ध चौतारी समुहको सम्मान कार्यक्रम सम्पन्न : बृद्धभत्ता घरमै पुर्‍याउने प्रतिबद्धता

ठाकुरबाबा, बर्दिया : बृद्ध चौतारी समूह बगनाहाको आयोजनामा बृद्धबृद्धा तथा ठाकुरबाबा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनीधीहरुलाई सम्मान कार्यक्रम ठाकुरबाबा नगरपालिकाको बगनाहामा सम्पन्न भएको छ ।

कार्यक्रममा १६० जना बृद्धबृद्धाहरु, नवनिर्वाचित जनप्रतिनिधी नगरप्रमुख घननारायण श्रेष्ठ, नगर उपप्रमुख कृष्णकुश्मा थारु संगै वडा नं। ३, ४ र ५ का वडा अध्यक्षहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले आफ्नो जिम्मेवारी पुरा गर्न इमान्दारिताका साथ लागी पर्ने बताउँदै नगरपालिका सँधै जनताको साथमा नै रहेको र नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधाहरुलाई सहज र सेवामुखी बनाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

नगरपालिका तथा नगरपालिकाबाट उपलब्ध हुने सेवाको विषयमा कुनै गुनासो भएमा वा कुनै समस्या भएमा आफुलाई जहाँ भेटेर पनी आफ्नो समस्या तथा गुनासोहरु राख्न अनुरोध गर्दै बास बस्न सकिने सहित विभिन्न सेवा सुविधा सम्पन्न बृद्धबृद्धाहरु जमघट भएर कार्यक्रम गर्न मिल्ने भवनको निर्माण गर्ने कल्पना गरेको र केही समय पछी घरमा नै गएर बृद्धभत्ता वितरण गर्ने ब्यवस्था मिलाउने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको विशेष अतिथीमा नगरपालिकाका उपप्रमुख कृष्णकुश्मा थारु, चुरे क्यामपसका प्रमुख कृष्ण प्रसाद पौड्याल, अतिथीहरुमा वडा नं ३ का वडा अध्यक्ष श्रीकृष्ण थारु, वडा नं ४ का वडा अध्यक्ष शेर बहादुर थारु, वडा नं ५ का वडा अध्यक्ष गंगाराम जैशी, पतञ्जली योग कार्यक्रमका सदस्य गणेश प्रसाद पोखरेल रहनु भएको थियो । लक्ष्मी शाहीले संचालन गर्नु भएको कार्यक्रम बृद्ध चौतारी समूह, बगनाहाका अध्यक्ष भक्त बहादुर शाहीको सभापतीत्वमा सम्पन्न भएको हो ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment