गजल : तपाईँको कुरा हो [सौगात श्रेष्ठ]


 - सौगात श्रेष्ठ, बर्दिया ।
रुने हो कि सँधै रमाउने, तपाईँको कुरा हो ।।
आफ्नो – पराई बनाउने, तपाईँको कुरा हो ।।

यी दोबाटोहरुले त केवल, भेट गराई रहन्छन,
मनमा सजाउने नसजाउने, तपाईँको कुरा हो ।।

गर्नेहरुले त नजरबाटै, दोषी करार गरिदिन्छन,
आफुलाई निर्दोश देखाउने, तपाईँको कुरा हो ।।

अरे मित्र, गर्न त हजुरले आफ्नो बयान गर्नु भयो,
फगत यो समय कटाउने, तपाईँको कुरा हो ।।

मैले त देखेको, वास्तविकता भनि दिएको छु,
अब परिवर्तन गर्ने–नगराउने, तपाईँको कुरा हो ।।


– २०७४ श्रावण ०६ गते शुक्रबार
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment