आठ महान् व्यक्तिका विचारहरु ; जसले तपाईंको जिन्दगी बदल्न सक्छ

म सवै जान्दछु भन्ने जसलाई घमण्ड छ, त्यसले बास्तवमा केही पनि जानेको हुँदैन ।
– बालकृष्ण सम

यदी तिमी आफ्नो रहस्य शत्रुबाट जोगाउन चाहन्छौ भने आफ्नो असल मित्रसंग पनि त्यो रहस्य नखोल ।

– बेन्जामिन फ्रेंकलिन

जो व्यक्तिमा आफ्नो अगाडी आएको मौकालाई चिन्न सक्ने शक्ति हुँदैन उसलाई मौकाले बारम्बार ढक्ढकाए पनि त्यसलाई उ हल्ला सम्झन्छ ।

– वि फोर्ड

कहिल्यै नलडेर बाँच्नुमा भन्दा पटक – पटक लडेर उठ्नुमा जिन्दगीको धेरै खुशी मिल्छ ।
– नेल्सन मन्डेला

मानिसहरुको बारेमा कम उत्सुक बन र काम तथा योजनाको बारेमा बढी उत्सुक बन ।

– म्यारी क्युरी

नारी सवथोक गर्न सक्छे तर आफ्नो इच्छाविरुद्ध प्रेम गर्न सक्दिन ।

– सुदर्शन

तपाईको अनुमती विना कसैले तपाईको अपमान गर्न सक्दैन ।

– इलेनोर रूजवेल्ट

यदि मैले कुनै मूल्यवान खोज गरेको छु भने यसको श्रेय प्रतिभालाई भन्दा वेसी धैर्यलाई जान्छ ।
– आइज्याक न्युटन

हामीसँग जुन कुरा छैन त्यसमाथी ध्यान केन्द्रित गरी हामीसँग जे छ त्यसलाई बरबाद गर्नु हुन्न । किनभने आज हामीसित जे छ त्यो पनि कुनै बेला थिएन ।

– एपिक्युरस
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment