उनको लागी अन्तिम पत्र ।

चिरपरिचीत मित्र रसिक,
समधुर सम्झना, अनी असिम मायाँका शब्दरुपि छालहरु केवल तिमिलाई...।

"काम साँचे आफुलाई अनी खाना साँचे अर्कालाई" भने झैँ मनका कथा र ब्यथाहरु लाई गुम्साएर राख्दा भोली कतै छरपष्ट भै पोखिने हो की भन्ने डरले आज सत्य कहानीहरु तिमीसामु पस्कँदै छु ।
आकाश भन्दा स्वस्थ मायाँ, हिमाल जस्तो अटल विश्वास, समुन्द्री छालजस्तो मायाको बेगहरु, जुन हृदयबाट बगेका आधार मुस्कान मेरो पानाभरी
छरिदीने तिमीबाट म टाढा बन्न पनी सकिन ।

पहाडको थालीबाट झरेको झर्ना झै रोदन, वेदना र चित्कार लिएर पनी कसैलाई साहारा बनाउनु पर्दो रहेछ । सायद...
सायद हेलाले दिएको चौरासी ब्यञ्जन भन्दा मायाले दिएको सुख्खा रोटीनै खुराकदायी हुन्छ भनेझै त्यसैबाट त्रीप्त बन्न नसक्नु नै मेरो भुल थियो होला । जिवनका धेरै आरोह अबरोह पार गर्दै
आएँ । हरेक चिज बस्तुलाई रोक्न र छेक्न मिल्दो रहेछ, तर समय र उमेरलाई रोक्न
नमिल्दो रहेछ । मैले तिमीलाई कती सम्झाएँ, कती बुझाए तर तिमीले बुझ्ने त परै जाओस एक पटक सोच्ने काम पनी गरिनौ । जसको कारण आँखाभरी आँशुका धारा लिंदै, मनभरी ब्यथा बुन्दै तिमि आउँछेउ भनेर प्रतीक्षाको बाटोमा कुर्दै बसेँ ।
प्रतिक्षाको घडी लम्बिदै गयो तर तिमी आइनौ ।

यसमा कसलाई दोषी बनाएर प्रमाणीत गर्न सक्थेँ र मैले । गल्ती मेरै थियो तिमीलाई सम्झाउन खोज्नु,
बुझाउन खोज्नु । बगिरहेको खोला तर्न सजीलो हुदो रहेछ । तर...
तर जम्मा भएको पानीको खाडलबाट तर्न धेरै गाह्रो हुँदो रहेछ । तिम्रो खुशी चिन्न सकिन । अब तिम्रो र उसको बिचमा कहित्यै नआउने बाचा गर्दै बिदा हुन्छु ।

उहि ।

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment