१२ मुक्तक...

मुक्तक १.
नदि बनायो कसले अनी पानी बनायो कसले ।
सामान जस्तै बेचिने जवानी बनायो कसले ।
जन्म देखि मृत्यु सम्म संघर्षमै वित्छ,
साँच्चै यस्तो संघर्षको कहानी बनायो कसले ॥

२.
जानेहरु आउँछन याद बनेर ।
बारम्बार तड्पाउँछन याद बनेर ।
म भने विगत भुल्ने प्रयास गर्दैछु,
विगतले चैँ सताउँछन याद बनेर ॥

३.
आफन्तले भरिएको आँगन हुन्छ होला ।
राम नाम सत्य हो बाचन हुन्छ होला ।
साँच्चै साथी म मरेको त्यो समयमा,
परिवारको एकतमास मन हुन्छ होला ।

४.
जब पत्थर जस्तै तिम्रो कठोर दिल हुनेछ ।
तब मेरो आँखामा आँशु टिलपिल हुनेछ ।
जाँदाजाँदै एक पटक फर्किएर हेऱ्यौ भने,
कस्सम छुट्टिनलाई बहुत मुस्किल हुनेछ ।

५.
कहिले काहिँ सोँच्छु नयाँ साल कस्तो होला ?
अर्को वर्ष हाम्रो नेपाल कस्तो होला ?
यसपाली नि संविधान बनेन भने,
साँच्चै हाम्रो देशको हाल कस्तो होला ?

६.धन कमाउँछु भन्दै छोरो प्रदेशीएको छ ।
वर्षौँ भयो उतै तिर अलमलिएको छ ।
बुढेसकालको साहारा त्यही एउटा छोरो थियो,
बिर्सियो कि खै ? हाम्ले जस्तै सम्झिएको छ ।

७.
कहिले हेर्छे आँखा तरि घरबेटी कि छोरी ।
कहिले गर्छे लजाए सरि घरबेटी कि छोरी ।
तिम्रा बा ले थाहा पाए उठिबास लगाईदिन्छन्,
नजर नजुधाउ घरिघरि घरबेटी कि छोरी ॥

८.
अनेक चोट अनी पिडा सहेर फर्कियो ।
परिवारको खुशी सारा लगेर फर्कियो ।
सपना अनेक सजाई विदेश गएको थ्यो,
विचरा बाकसमा बन्द भएर फर्कियो ॥

९.
फूल झै झर्नु परे पनी झरि दिन्छु आमा ।
मेरो जिवन देशकै नाम गरि दिन्छु आमा ।
बैरि नजर मेरो देशमा कहिल्यै नपरोस,
देशको लागी मर्नु परे मरि दिन्छु आमा ॥

१०.
जाँदाजाँदै आफ्नो ठाउँमा याद पठाए पछी ।
माना-पाथी होईन खातका खात पठाए पछी ।
थाहै थिएन म त शराबी पो भएछु,
उसले मेरो विरुद्दमा बोल्न जमात पठाए पछी ॥

११.
टाढिएकाहरु आउँछन याद बनेर ।
बारम्बार तड्पाउँछन याद बनेर ।
म भने बिगत भुल्ने प्रयास गर्दैछु,
बिगतले चैँ सताउँछन याद बनेर ॥

१२.
जब कोहि छ भन्ने आधार भुल्न खोजीन्छ ।
अनी उ संगको त्यो प्यार भुल्न खोजीन्छ ।
किन उसकै सामीप्यता खोजी दिन्छ मनले ?,
जसलाई बारम्बार भुल्न खोजीन्छ ।।

© सौगात श्रेष्ठ
• बगनाहा, बर्दिया ।

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment