हिमालय सहकारीको १४ औं बार्षिक साधारणसभा सम्पन्न

भगतराम थारु, कार्तिक ९,
हिमालय सहकारी संस्था लि. बगनाहाले
आफ्नो १४ औं वार्षिक साधारण सभा ७ गते शनिवार सम्पन्न गरेको छ ।

चुरे क्याम्पस बगनाहाका प्राचार्य कृष्ण प्रसाद पौड्यालको प्रमुख अतिथिमा भएको साधारणसभाको अध्यक्षता घननारायण श्रेष्ठले गर्नुभएको थियो ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले हिमालय सहकारी संस्थाले संस्कृति, संस्कार भेषभुष र हामी को हौं भन्ने चिनारी समेतको व्यवस्था गरेको बताउनुभयो ।

यस संस्थाले किसानलाई सहयोग गर्न मल विउ, बाख्रा पालन, बंगुर पालन र घर खर्च टार्न चाहिएको बेला ऋण उपलब्ध
गराउदै आएको संस्थाले सहकारीको सिद्धान्त अनुसार चलेको उहाँले बताउनुभयो । संस्थाका अध्यक्ष घननारायण श्रेष्ठले २०७०/७१ मा
सहकारीको कुल शेयर पुजी तर्फ
५१ लाख ३८ हजार ६९ हजार ७० रुपैया, शुद्ध नाफा ३३ लाख ९५ हजार ७ सय ९८ रुपैया नाफा, बचत तर्फ ४ करोड
१५ लाख बराबरको कुल कारोबार सहितको आय ब्यय बजेट
प्रस्तुत गर्नुभएको थियो ।

संस्थाले यसै बर्ष आफ्नै १० कठ्ठा जमिन खरिद गरि आधुनिक बंगुर पालन समेत संचालन गर्ने भएको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । संस्थाले गत बर्ष साउनमा आएको बाढीका कारण
बाढी पीडित परिवारका सदस्यहरुलाई बिना ब्याज ऋण सहयोग समेत गरेको थियो ।
यस्तै संस्थाले नियमित बचत गर्ने राम पति थारु, नन्दकला न्यौपाने, पल्टा थारु, शेयर खरिद तर्फ दल बहादुर श्रेष्ठ, रुवी श्रेष्ठलाई पुरस्कृत समेत गरेको छ ।

अध्यक्षमा पुनः श्रेष्ठ
शनिवार सम्पन्न भएको १४ औं बार्षिक साधारणसभाले नयाँ कार्य समिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको
अध्यक्षमा पुन: घननारायण श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ । यस्तै उपाध्यक्षमा पल्टा थारु, सचिवमा विमला
कंडेल, कोषाध्यक्षमा लहनु थारु, सदस्यहरुमा
पसानी थारु,
फागुराम थारु
राम नारायण थारु
रहनु भएको छ ।
संस्थाको लेखा संयोजकमा सरिता गौतम लेखा संयोजकमा चयन
हुनु भएको छ भने लेखा समितिमा फूलमोती थारु, टिकाराम थारु रहनु भएको छ ।

कार्यक्रममा विशेष अतिथि नन्दराम अधिकारी,
लहानु थारु, श्रीकृष्ण थारु,नवराज ढुङगाना, धुव्र
बहादुर बम लगायतले बोल्नुभएको कार्यक्रमको संचालन
संस्थाका सचिव विमला कंडेलले गर्नु भएको थियो ।
थारु समुदायको बहुल्यता रहेको हिमालय
सहकारीमा १५ सय ७६ जना शेयर सदस्यहरु रहेका छन् ।

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment