समय र परिवर्तन

मौसम बद्लीयो, समय बद्लीयो, बिस्तारै  बिस्तारै उनको मन पनी बद्लीयो । अनी बद्लीएछ मलाइ हेर्ने नजर । र त
अनुभव गर्दै छु यो सब्बै सबै ।

हुन त उनले मलाई के सोच्थिन, म बाट के चाहन्थिन र मेरो लागी उनको मनमा के थियो उनले कहिल्यै भनीनन र मैले सोधिन पनी, बस एकोहोरो माया गरी रहे अनी उनले गरेको मित्रता को आत्मीय ब्यवहारलाइ माया सम्झी रहे । र त गल्ती गरी रहे उनीलाइ आफ्नो मनको कुरा नभनेर...

बिस्तारै बिस्तारै समय चली रहेकै छ, कहिले कसो Facebook, Viber मा Chat पनी हुन्छ, फोनमा कुरा पनी नभएको त होईन । तर पनी पहिले उनको ब्यवहारमा म जुन माया पाउथे अचेल त्यही ब्यवहारमा दुरी पाउन थालेको छु । चल्न त चलेकै छ यात्रा, बढेकै छन पाइला अगाडी तर पनी जसरी अगाडी बढ्नु पर्ने हो त्यो भन्दा बिल्कुलै फरक तरीका बाट ।

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment