राष्ट्र प्रमुखमा मेरो उम्मेद्वारी ( प्रबास बाट )

सागर धुर्व थापा
नेपालको रास्ट्र प्रमुख बन्नका लागि कुनै कार्यक्षमता बिना” एक जना नाम चलेको
ब्यक्तिको श्रीमती या सरकार प्रमुख निकट भएकै आधार र कुनै पार्टीको झण्डा बोकेकै आधारमा उक्त पद पाहिन्छ भने” किन म आफै उक्त पदको लागि उम्मेदारी न दिउ ? आफ्नो हस्ताक्षेर गर्न अनि अरुको
हस्ताक्षेर कृत्य गर्न सक्ने सैक्षिक योग्यता पनि छ। सरकार प्रमुख या रास्ट्र प्रमुख बनेर बिदेश भ्रमणको निम्तो आइहाल्यो भने पनि दोभाषेको आवसेक पर्दैन” १५ बर्षे बिदेश काम गर्ने क्रममा दुइ, चार वटा बिदेशी भाषाको पनि राम्रो ज्ञान छ । औरेजि (अंग्रेजी) को कुरै नगरम फर्रर्रर्रर
हो” दिस मेन बोलिंग, आई मेन बोलिंग, तिमी मिडल मिडल किन बोलिंग, जस्ता टूटे फूटे औरेजि त भन्नै पर्दैन ! फ्याट्ट फुट्ट बोल्छु” ! :)
मान्छे पनि आक्कल झुक्कल सायत परेको बेला कुटेकै छु , राजनितिक दलका नेता
हरुले जस्तो गुण्डाको मध्यमबाट कुटेको छैन, आफैले बंगरा निस्किने गरेर एक दुइ जना आतंककारी कुटेको अनुभब पनि छ, ‘दिउसै आकाशका तारा देख्ने गरेर माघको
एका बिहानै कठ्याङरिदो जाड़ोमा बॉकेको चिसापानी चेकपोस्टमा सानो मान्छे धेरै
बोलेको राम्रो हैन भन्दै, दंगा पुलिसबाट बंगरा फुसकिने गरेर राइफलको कुनाले हानेको चोट अझै छ।
सुर्खेतको बांगेसिमल चेकपोस्टमा लाइनबाट अलिकति बाहिर निस्किएर कति लामो लाइन छ भनेर
हेर्ने हुदा आर्मी आफैले लगाएको हेल्मेटले मेरो टाउकोमा बजार्दा छुलुकक
सुसु गरेको अनुभव पनि छ। साथी भेट्न झापा सुरुंगा गएको बेला सुरुंगाको माघि
मेलामा मामाले ओहो भान्जा बाबू भन्दै दुइ दिन खोरमा थुनिएको अनुभव पनि अझै ताजै छ।
खाववादी की म्याउवादीको कार्यक्रममा हाजिर नभएको कारण दैलेखको राकम देखि कालीकोट र दैलेखको सिमाना लालीघाट सम्म ५० किलोको चामलको बोरा, कुनै साहारा बिना काँधमा राखेर बोकेको अनुबव पनि छ ।
अनुभवको भकारी छ म संग सरकार……
यदि म संग केहि अनुभब छैन भने आज सम्म त्यो कुनै दलको या दल सम्बंधित ब्यक्तिको झोला र पार्टीको झण्डा बोकेको अनुभव छैन !
स्कुलका प्रधानध्यापक १० बजे स्कुल आउनु पर्ने एघार बजे आएर स्कुलकै ऑफिस भित्र कलब्रेक खेलेर बस्दा यो गलत हो भन्दै मेरो नेर्तुत्वमा कालो झण्डा देखाएर बिरोध जुलुस निकाल्दा, गलत गर्न हुदैन यदि कसैले गलत कार्य तिम्रा अगाडि गर्छ र तिमीले त्यसको बिरोध गरेनौ भने तिमी पनि झन माहाअपराधी कहलाइनेछौ भनेर सिकाउने निज प्रधानध्यापक लाई कालो झण्डा देखाय वापतको इनाम त्यो दिनभरी स्कुलको प्राङ्गडमा मुर्गा बनेर ढाड माथि अन्दाजी २० देखि ३० किलोको ढुङ्गा बोकेर घाम मा उभिएको अनुभव पनि छ।
कुर्चि फुटाउन तोड़ फोड़ गर्न संसद भबन न छिरे पनि” बिदेशमा काम गरे वापत समयमा तलब नदीदा र हप्ता दिन सम्म भोकै बस्नु पर्दा रिसको झोका मैनेजेरको
ऑफिस मैं गएर गोर्खालीको परिचय दिदै कुर्ची उठायेर पछारेको अनुभव पनि छ। अनुभवको भकारी छ म संग सरकार…… यदि म संग केहि अनुभब छैन भने
आज सम्म त्यो कुनै दलको या दल सम्बंधित ब्यक्तिको झोला र पार्टीको
झण्डा बोकेको अनुभव छैन ! म संग” इमांदारिता र स्वच्छ छबि भन्दा बाहिर बेमान, गुंडा र
तिनका नाइके हरुको मात्र रजाइ हुन्छ भने अब सकिय तिमेरुका ती दिन, नभय
म जस्ता ५० लाख बढ़ी युवा छन, जो हरेक दिन अर्काको भूमिमा रगत बगाएर
केहि पैसाको लागि ज्यान संकटकाल ताका भन्दा जोखिम मोलेर तिमेरुको भुड़िको बोसो बढ़ने
कारण बनेका छन। र तिनै ५० लाख युवा नै त्यो धारिलो छुरा बन्ने छन जसले आज सम्म काम न गरी खायेको तिमेरुको माम र बोशो काढ़ने छन। बेलैमा चेतना होस।।।।
त्यसैले म जस्तो अनुभबी र त्यागि मनुवाको उम्मेदवारी यो रास्ट्रलाई खाँचो छ, रास्ट्रपति सरकार प्रमुखका लागी मेरो उम्मेदवारी दिएको छु ! स्वीकार गरियोस ! स्वीकृति भए पश्यात म प्रबासबाट घर फर्किने छु, अनि रास्ट्रका लागि सिंगो जीवन र समय खर्चिने छु !

- सागर धुर्व थापा 
 
(समसायायिक विषयका व्यंग्यात्मक लेखक हाल मलेशियामा हुनुहुन्छ।)
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment