उद्गारका लागी...


                  जिवन जिउने क्रममा धेरै आरोह–अबरोहहरुको यात्रा गरि रहन्छ मान्छे । तिनै यात्राहरुमा कुनै बेला यस्ता मोडहरु पनी आई दिन्छन जसको कारण कतिपय जिन्दगीले जिन्दगीको नाम पाउ“छ, अनी कतिपय जिन्दगी भने त्यहि“बाट विलिन भएर जान्छ । आशै–आशाको त्यान्द्रोमा अनेक सपना सजाएर बा“ची रहन्छ मान्छे, तिनै सपनाहरु कति साकार हुन्छन त कति पुरा हुने सामथ्र्य राख्दैनन र अधुरै रहन्छन । जस्तै भए पनी सपना देख्न छाड्दैन मान्छे ।

मानिस जन्मन्छ, हुर्कन्छ, बढ्छ, पढ्छ अनी अन्ततः मृत्युलाई अ“गाल्छ । मृत्यु पश्चात पनि कतिपय मानिसहरुको नाम अजर र अमर रहन्छन् र तिनै मानिसहरुका कतिपय सानो प्रयास पनी इतिहासको पानामा विगतको साक्षी भएर रहन्छन् । त्यस्तै अनुपम साहित्यको यो सानो प्रयास पनी साहित्यको संरक्षण र संबद्र्घनका लागी एउटा कोसेढु¨ा सावित हुनेछ र इतिहासको पानामा साहित्यको उत्थान र पुर्नताजगीको गोरेटोको रुपमा रहनेछ उद्गार । अनुपम साहित्यले कोरेको यो गोरेटोमा अग्रज संगै अनुजहरु पनी सहयात्रा गर्नेछन् । समाज रुपान्तरणको एक संवाहक हो साहित्य । भनिन्छ लेखकको एक थोपा मसि कतै चुहिए पनी त्यसले अर्थ राख्दछ । यस पुस्तकमा समावेश भएका रचनाहरुको प्रत्येक शब्दहरुले अनी शब्द कोरिन पोखिएका हर एक थोपा मसिले उद्गारलाई इतिहासको पानामा साहित्यको धरोहरको रुपमा दरिलो संग उभ्याउनेछ । साथसाथै नेपाली साहित्यको राष्ट्रिय इतिहासमा यसले आफ्नो स्थान खोज्न सार्थक पहल गर्नेमा म विश्वस्त छु । साहित्यका शब्दहरुबाट समाजमा रहेका विकृति–विसंगतीहरुको विरुद्वमा खबरदारी गर्ने काममा आफुलाई यो समाज र समयको अगाडी दरिलो रुपमा उभ्याउने छ उद्गारले ।

    सपना हर कसैले देख्छ तर सबै सपनाहरु पुरा हु“दैनन् । सपना पुरा गर्नका लागी निकै ठूलो लगनशिलता र मिहेनतको संयोजन हुनु पर्दछ । अहिलेको यो परिप्रेक्ष्यलाई नियाल्ने हो भने साहित्यलाई बौद्घिकता भन्दा पनी अल्लारेपन भनेर विश्लेषण गर्नेहरुको जमात धेरै भेटिन्छ । यस्तो परिस्थितीमा साहित्यीक पुस्तक प्रकाशन गरेर जनमानसमा पु¥याउनु र उनिहरुको विश्लेषण संग तर्क–वितर्क गर्ने प्रयास गर्नु निकै ठूलो चुनौतीको रुपमा देखिन्छ । यिनै चुनौतीहरुलाई शिरोपर गरेर साहित्यको यो क्षेत्रलाई अगाडी बढाउन अनी लुकेर रहेका स्रष्टा र उनीहरुको रचना आम साहित्य पारखि पाठकहरु सम्म पु¥याउने प्रयत्नमा लागेको यस अनुपम साहित्यलाई सफलताको शुभकामना संगै उद्गारका प्रधान सम्पादक एवम् आत्मिय मित्र बलराम उपाध्याय ‘अजनबी’ संगै सम्पूर्ण प्रकाशन समितिलाई बधाई अनी शुभकामना ।

                   जसरी एउटी आमा आफ्नो पहिलो सन्तान जन्माउ“दा एकातिर निकै जोखिममा र अर्कातिर निकै हर्ष विभोर हुन्छिन, ठिक त्यसरीनै उभिएको छ अनुपम साहित्य । पुस्तक आम पाठकहरुको हातमा पुगि सकेको छ । पाठकहरुबाट रचनात्मक टिप्पणी तथा समिक्षा अवश्य प्राप्त हुनेछ र तिनै टिप्पणी र समिक्षाहरुलाई आत्मसाथ गर्दै अनुपम साहित्य अझै अगाडी  बढ्नेछ र आफ्ना अन्य प्रकाशनहरुमा अझै शसक्त भएर अगाडी बढ्नेछ भन्ने अपेक्षा संगै पुनः एक पटक बधाई ज्ञापन गर्दै शब्दहरुको संयोजनलाई टुङ्ग्याउ““छु ।

   बगनाहा–९, बर्दिया
     २०७१÷१२÷१०


SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment