गजल : पत्थर बनायो...

बनाउने ले बनायो पत्थर बनायो ।
फूल संगै काँडा अनी जहर बनायो ।

आत्मियताको सम्बन्ध प्रगाढ बनाएर,
तिम्रो मेरो फरक फरक शहर बनायो ।

लाग्छ उसले हाम्रो परिक्षा लिँदैछ,
त्यसैले त संघर्षपूर्ण सफर बनायो ।

आफै बनाउन सबै असम्भव भएर होला,
मान्छे बनायो अनी फेरि रहर बनायो ।

© सौगात श्रेष्ठ
• बगनाहा-९, बर्दिया ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment