एक दिनको डायरि : आफ्नै डायरिबाट...

आज माघे सक्रान्ति आजको दिन त रमाईलो संग
विताउनु पर्ने हो । तर पनी समग्रमा भन्नु पर्दा निकै नरमाईलो भयो आजको दिन आजको समय ।
जिन्दगीमा सबै आफुले सोँचे जस्तो हुँदैन त्यो सबैलाई थाहा भएकै कुरा हो र यो पनी सर्वविदितै कुरा हो कि गल्ति गरे
पछि शिर झुकाउनै पर्छ । हुन त शिर झुकाएकै
थियौ तिमीले तर मलाई भने पिडा भई रहेको थियो त्यो तिम्रो अवस्था देखेर
अनि तिमीलाई देखेर । कुनै
बेला तिम्रो बोली सम्म सुन्न पाए पनी सबै पिडा भुल्ने म आज भने तिमीलाई देखेर
पिडा महसुस गर्दै थिएँ ।
यो समयको खेल पनी बडो अचम्मको हुन्छ जो संग भेट नहोस भन्यो उसै संग बारम्बार जम्काभेट भई रहने । घर भन्दा केहि पर बाट सुरु भएको तिमी संगको भेट बारम्बार
दोहोरी रह्यो । मनले त
भनि रहेको थियो तेरो अतित भनेर तर दिमागले भने पटक्कै मानि रहेको थिएन कि तिमी मेरी थियौ । मन र दिमाग बिचको अन्तरद्वन्द संगै गन्तब्यमा अघि बढि रहेको थिएँ फेरि एक पटक भेटियौ तिमी दोबाटोमा । हो यहि जम्काभेट बाट तिमी प्रति मायाँ जागेर आयो । अनौठो स्पन्दन गऱ्यो मनले, एउटा छुट्टै खालको अनुभूती । तर
यो मायाँ पहिलेको जस्तो मायाँ भने पटक्कै थिएन । एउटा अत्यासलाग्दो पल, अनी समय । जब आजको यात्रामा दोस्रो पटक भेटियौ तिमी त्यो बेला भने केहि महसुस गरेँ मैले पनी । सम्बन्ध टुङ्ग्याउने बेला म माथी जतिनै दोषारोपण गरेर छुट्टिए पनी, आज शिर तिमीले नै झुकाई रहेकि थियौ । बिना गल्ति कोहि पनी कसै संग लज्जित हुँदैन
त्यसको उदाहरण म थिएँ तिम्रो अघि र गल्ति गरे पछि शिर झुकाउनै पर्छ
यसको उदाहरण तिमी थियौ मेरो अगाडी । जसरी दोबाटो अनी चौबाटोहरुमा जम्काभेट हुँदा तिमी छेल पर्ने प्रयास गरि रहेकि थियौ तिम्रो त्यो क्रियाकलापले
मेरो मनमा भने एक प्रकारको उमंग ल्याएको थियो । कि तिमीले
आफ्नो भुलको महसुस गरिछेउ । हुन त आफ्नो कुरामा ढिपी राख्ने जिद्दी स्वभाबकि तिमी तर पनि यस्तै बुझ्न बाध्य गरायो ति तिम्रा क्रियाकलापहरुले ।
जब गन्तब्यमा पुगियो फेरि पटक पटक तिमी संग भेट भईनै रह्यो । जब गन्तब्यको बिन्दुमा पुगे पछि तिमीलाई देखेँ अनि म आफैमा लज्जित भएँ । तिमी अरुनै
कोहि पुरुष मित्र संग थियौ । हुन त मैले अनर्थ सोँच्न नहुने थियो तर त्यो सोँच्नेमा म मात्र होईन अरु पनी थिए जो तिमी संग पहिले देखि नै परिचित थिए । र उनीहरुकै कुरा सुनेर नै मैले जे सोँचे त्यो वास्तविकता हो भन्ने
प्रमाणित भई दियो र ति तिम्रा क्रियाकलापहरुले पनी प्रमाणित गरिदियो ।
कुनै कुनै सम्बन्ध टुट्दा असह्य पिडा भए पनी सम्बन्धित ब्यक्तिहरुको वास्तविकता थाहा पाए
पछि चाहिँ केहि राहत मिल्ने रहेछ मनलाई । अब कहिले पनी तिमीलाई सम्झिएर यी आँखाहरुलाई दु:ख दिने छैन यो मनले ।
अनी यि आँखाहरुले पनी दु:ख दिने छैनन् मलाई
तिमीलाई देख्न लालायित भएर ।

¤ एक दिनको डायरि
- २०७१ माघ ०१
©  सौगात श्रेष्ठ
 - आफ्नै बस्ती, बर्दिया 
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment