गजल : थपिएको छ...

समय संगै यसरी चुनौती थपिएको छ ।
सुस्त - सुस्तबाट गती थपिएको छ ।

अरे मित्र, गर या मरको यो दुनियाँमा,
मलाई पनि बाध्यात्मक स्थिती थपिएको छ ।

म त धर्म भन्दा पनी कर्म गर्ने मान्छे,
परिश्रमले नै हो यो जे जती थपिएको छ ।

पिडाहरु सारथी झैँ थिए हिजो सम्म,
आज खुशी अलिकती थपिएको छ ॥

© सौगात श्रेष्ठ
- आफ्नै बस्ती, बर्दिया
- २०७१/१२/२१
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment