गजल : जरुरत थियो ...


डि.बी. 'रास्कल' उपेन्द्र
थियो जब मलाई घरको जरुरत थियो ।
तर मसंग मात्र आकाशको छत थियो ।

आयौ भविष्य देखायौ, गयौ विगत बन्यो,
पैले न त भविष्य थियो न विगत थियो ।

राखेको थिएँ बचाएर, मुटु चुडेर लग्यौ,
अरु त सारा पहिले नै जफत थियो ।

न त ऐले घटेको छ, न घट्नेछ पछि,
पैले पनि तिम्रो माया शत प्रतिशत थियो ।

संसार उजाडीयो मेरो, साथी बन्यो सराव,
भन त ! कहिल्यै मेरो यो आदत थियो ?


© डि.बी. 'रास्कल' उपेन्द्र
- बर्दियाली साहित्य मञ्च
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment