गजल : शब्दहरु...

नदि बनायो कसले अनी पानी बनायो कसले ?
सामान जस्तै बेचिने जवानी बनायो कसले ?

जन्मदेखि मृत्यु सम्म संघर्षमै बित्छ,
जिन्दगीको लामो कहानी बनायो कसले ?

गुलाफ दिएर मन मागिन्छ अचेल यहाँ,
फूललाई प्रेमको निशानी बनायो कसले ?

न आफै जान्दछ न भनेकै मान्दछ उसले,
आखिर मान्छेमा अटेर बानी बनायो कसले ??

© सौगात श्रेष्ठ
बगनाहा-९, बर्दिया
२०७१/१२/०७
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment