गजलकार जलनको "अचानोमा दिल" भब्य समारोहका बिच विमोचित


भुरीगाँउ/ मंसिर ४
बर्दियाका श्रष्टा दीपक आचार्य जलनको दोश्रो गजल कृति "अचानोमा दिल" आज एक भब्य कार्यक्रमका बिच भुरीगाऊँमा बिमोचन गरिएको छ।  

बर्दियाको भुरीगाँउमा चर्चित गजलकार पुष्प अधिकारी अन्जली र चर्चित रेडियो प्रस्तोता अच्युत घिमिरे बुलबुलले संयुक्त रुपमा दीपक आचार्य जलनको दोश्रो गजल कृति " अचानोमा दिल"को बिमोचन गर्नुभएको हो।

बबई साहित्य बाटिकाको आयोजनामा भएको उक्त कृति बिमोचन, सम्मान तथा काब्य गोष्ठीमा चर्चित गजलकार पुष्प अधिकारी अन्जलीको प्रमुख आतिथ्य तथा चर्चित रेडियो कार्यक्रम श्रुति संबेग, बुलबुलका चर्चित कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुलको विशिष्ठ आतिथ्यता रहेको थियो।  कार्यक्रममा बर्दिया, बाके, दाङ, चितवन, दैलेख, अछाम, जाजरकोट,कैलाली, कंचनपुर र काठमाडौं लगायतका जिल्लाहरुबाट ठुलो संख्यामा श्रष्टाहरुको जमघट थियो। 


कार्यक्रममा खगेन्द्र नेपालले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो भने जीवराज पाण्डेले विमोचित कृतिमाथि समीक्ष्यात्मक टिप्पणी गर्नुभएको थियो।  त्यस्तै गजलकार दीपक आचार्य जलनले कृतिबारे आफ्नो भनाई राख्नु भएको थियो।  कार्यक्रममा मधु साश्रु, ऋचा लुइँटेल, कपिल अन्जान, प्रदीप भट्टराई, सुमित्रा नेउपाने, अन्जु स्मारिका, बिद्या निर्दोष पहाड़ी लगायतका श्रष्टाहरुले आफ्ना रचना सुनाउनु भएको थियो।  


कृति बिमोचन पछि आयोजकले गजलकार पुष्प अधिकारी अन्जली र चर्चित प्रस्तोता अच्युत घिमिरे बुलबुललाई दोसल्ला ओडाएर सम्मान गरेको थियो।  


कार्यक्रम बबई साहित्य बाटिकाका संयोजक नन्दराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो।  






SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment