आमालाई पत्र : दशैं आएछ ।

समयको रफ्तार संगै फेरी पनी यो वर्षको दशैं घर आगनमै आई पुगेछ । कती बेगले चल्छ यो समय पनी है । हिजो जस्तै लाग्छ साथीहरु संग संगै हल्ला गर्दै चोक चोकमा डुलेको । हिजो जस्तै लाग्छ चंगा उडाउदै, पिङ खेल्दै रमाईलो गरेको । हिजो जस्तै लाग्छ दिदीहरु संगै बसेर टिका लगाउने क्रममा सबै भन्दा अन्तीममा मेरो पालो आउदा अनी दिदीहरुलाई पैसा दिने मलाई चाही नदिने भन्दै झगडा गरेको । 
तर वर्षौं भएछ...

काजी साहुकोमा बन्धिकीमा राखेको पाखोबारी उकास्नका लागी राहदानी बोकेर झिसमिसेमै गाउ छोडेको पनी ४ वर्ष भै सकेछ, र भएछ ४ वर्ष दशैंको टिका लगाउन नपाएको पनी । यसपाली पनी यो परदेशको ठाउमा खाली नै हुने भो आमा यो परदेशीको निधार । यसपाली त जसरी पनी घर फर्कि आउ“छु भनेको थिए तर सकिन । यहा“ आउन जती सजिलो छ त्यती सजिलो भने छैन फर्किएर जान । वर्षौ देखीको खाली निधार, हजुरहरु अनी गाउ“घर सम्झिंदा सब्बै छोडर हिंडि हालौं जस्तो नभएको पनी होइन तर जब ऋण माथी ऋण थपेर गाउ छोडेको त्यो क्षण सम्झीन्छु । मलाई विदाई गर्दा तपाईको आखामा झल्किएको माया सम्झिन्छु, बाबाको भरोसा सम्झिन्छु अनी रोकिन्छु फेरी । आफै आउदा  लागेको ऋण पनी तिर्न नसकी कसरी फर्किनु र ।

सम्झनाहरु मनमा नै रहि रह्यो । कती हो कती चाहनाहरु चाहनामा नै सिमित रहे । आखिर सपनाहरु पनी देख्न मात्रै सजिलो रहेछ अनी साकार गराउन निक्कै गाह्रो । यो सब्बै यस अर्थमा पनी भनी रहेको छु की विदेशीने बेला निक्कै सपनाहरु देखेको थिए“ । तर ति सपनाहरु अझै पुरा हुन सकि रहेका छैनन ।

यो परदेशको बिरानो ठाउ, न कोही चिने जानेको आफन्त छन, न कोही बालककालमा संगै हा“सेखेलेका साथी नै । एक्लो एक्लो भएको छु । आफैबाट एक्लिएको छु । आज त २१ गते पनी भई सकेछ । दशैं आउन ३ दिन मात्रै बा“की छ । जती जती टिकाको दिन नजिकिंदै छ यो परदेशीको मन भने झन झन झन झन एक तमास भई रहेको छ । वर्षौै अघी लगाएको टिका जमरा सम्झिएर रमाउने प्रयास गर्छु तर कहा“ बुझ्छ र आमा यो मनले बुझाए जसरी । आगन छेउ मखमली र सयपत्री फुलिरहेका होलान, गाउका साना नानीबाबुहरु रमाईलो गर्दै वल्लो घर अनी पल्लो घर गरि रहेका होलान । कति लाहुरेहरु हाम्रै घरको बाटो हु“दै घर फर्कि रहेका होलान गाउ“घर चारैतिर चहल पहल बढि रहेको होला तर के गर्नु आमा यसपाली पनी यो परदेशी भने फर्किएर आउन पाएन । रहरहरुलाई बन्धकी राखेर लिएको अलिकती खुशीमा रमाई रहेको छु आमा ।

गएको वर्ष यसपाली त जसरी पनी आउ“छु भनेको थिए“ तर अर्काको देश भिन्नै परिवेश आफुले भने जस्तो हु“दैन रहेछ आमा । यो वर्ष पनी यस्तै भयो, न दर्शैको टिका लगाउन पाउने भए“ न तिहारमा । आज भोली त गाउ“मा पहिले जस्तो रमाईलो पनी खासै हु“दैन होला है । पल्लाघरे जमदार बा को छोरा कृष्ण पनी यतै आएको रहेछ । भन्दै थियो यसपाली घर जान पाईएन निकै खल्लो खल्लो लागी रहेको छ । सबैको आ–आफ्नै बाध्यताहरु यस्तै त रहेछ नी ।

अ“ साच्चै आमा त्यो रामेश्वर थियो नि कता छ आजभोली के गर्दै छ ? अनी बिक्रम, सागर, जुनु, सचि, सुस्मिता, महेशहरु को के कस्तो छ खबर सब्बै सबैलाई सम्झना सुनाई दिनुहोला है । गाउ“घरको खबर पनी के कस्तो छ बेखबर भएको छु आज भोली त , सदरमुकाम जोड्ने घरछेबैको बाटो पिच हुने तयारी हु“दै थियो गाउ“ छोड्ने बेलामा बन्यो कि बनेन ? हेर्नुस न आज भोली त गाउ“को सम्झनाले निकै सताउ“छ । हरेक पलमा हरेक क्षणमा । यो परदेशको ठाउ“मा कोही पनी आफ्नो नहुने यस्तै रहेछ । यस्तै भयो आमा आईन यो दशैंमा मिलेछ भन अर्को वर्ष आफ्नै घरगाउ“मा रमाउन आउनेछु ।

आगन छेउ मखमली र सयपत्री फुले होलान ।
लहलह खेतै भरी धानका बाला झुले होलान ।
घर छोडेर प्रदेशीएको वर्षौ भएको  छ,
सायद अब आफन्ती र साथीले नी भुले होलान ।।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment