अंगुर थियो जवानी, किसमिस भयो बुढ्यौली

आहा मेरी बुढीको कति मीठो बुढ्यौली
अंगुर थियो जवानी, किसमिस भयो बुढ्यौली
हिजो म चिटिक्क, चिटिक्कै परेर
देखाइदिउँ शहरलाई म कस्तो भनेर
हिँड्दा शहरमा नजर के लड्याथिए
रंगिन पुतली मनमा उड्याथिए
आइन् ती बाला मलाई हेरेर
नजिकै आई मेरो हात लिएर
सोधिन्–हजुरबा धेरै थाक्नु भो कि
कटाईदिउँ कि बाटो, चिसो पिउने हो कि ?
अब बुढीको व्यथा,
हिजो म चिटिक्क, चिटिक्कै परेर
क्रिम र पाउडर भसक्कै दलेर
हिँड्दा सडकमा नजर केही लड्याथिए
रंगिन पुतली मनमा उड्याथिए
आयो त्यो युवा मलाई हेरेर
नजिकै आइ मेरो हात लिएर
सोध्यो–हजुरमा धेरै थाक्नु भो कि
कटाइदिउँ कि बाटो चिसो पिउने हो कि ?

चट्याङ मास्टर
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment