गजल : खोजीराछु म पनि ।

ताराको झोपा बिचमा चम्किदै छ चादनि ।
उसै बाट केही सिक्न खोजीराछु म पनि ।।

चुम्न सकु सबैलाई बिना स्पर्शको साथ,
अध्यारो त्यो रातमा चम्किलो प्रकाश बनी ।।

लुकाउनु छ शशिले झै मुहारको दाग,
दुनियाँलाई भन्छु यो मेरो शोभा हो भनी।

बरु ज्यानको बाजि थाप्छु झुक्ने छैन कबै,
बटुल्दै साहस गर्छु राम्रो काम गनी गनी ।।

तोड्नु छैन कसैको दिल जोड्नु छैन दौलत,
मर्दा जाने नाङ्गै हो बन्नु छैन् मलाई धनी ।।

© रचना रचु
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment