गजल : सम्झिएको छैन ।

बिर्सिनेले कहिल्यै सम्झिएको छैन ।
सम्झिनेले अझै पनि बिर्सिएको छैन ।

यात्री हो ऊ हिडीरहन्छ, हिडीरहन्छ,
समय पर्खिएला उस्ले पर्खिएको छैन ।

याद पठाइदिने र निन्द्रा लुटीलिनेलाई,
मनमुटु दिइएको हो मागिएको छैन ।

बरु आँशु लुकाई आफैलाई ठगेको छु,
अरुलाई रुवाएर, अहँ हाँसिएको छैन ।

म कसरी विश्वास गरुँ छोडि जानेको,
कहिल्यै बगेको नदी फर्किएको छैन ।

बबई नगरपालिका–७, बर्दिया ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment